Butwal Today

नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा: प्रधानमन्त्री ओली

१ भाद्र २०८२, आइतबार
अ+
अ-

१ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले सुरुङमार्ग चाँडै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् ।

‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा भोग्नु परेको सास्ती अन्त्य हुनेछ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

उक्त सुरुङमार्ग टनेल बोरिङ मेसिन प्रविधिको प्रयोग गरी विस्फोटक पदार्थ बिना निर्माण गरिएको हो ।  हाल साना साना सडक अवरोधले पनि नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्ने स्थिति रहँदै आएको छ । तर, सुरुङमार्ग सञ्चालनमा आएपछि सो दूरी करिब २० मिनेटमा पार गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?