Butwal Today

अङ्ग प्रत्यारोपणको कानुन खुकुलो पार्न सकिँदैन : मन्त्री पौडेल

१ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १ भदौ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानुन खुकुलो बनाए विकृति फैलिन सक्ने चेतावनी दिएका छन् ।

ललितपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित ग्लोबल मेगा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले अङ्ग प्रत्यारोपणलाई सहज बनाउने नाममा कानुन खुकुलो पार्न नहुने धारणा व्यक्त गरे ।

उनले नेपालमा मिर्गौला, आँखालगायत प्रत्यारोपण योग्य मानव अङ्गहरू पर्याप्त मात्रामा उपलब्ध नभएको उल्लेख गरे । उनले यदि मानव अंग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानून बनाउने हो भने यसले विकृति भित्र्याउने बताए ।

मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अंगहरू झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको बताए ।

कार्यक्रममा उनले मानवता र सहकार्य नै मानव धर्म भएको उल्लेख गर्दै संस्कारयुक्त संस्कृतिको विकास आवश्यक रहेको बताए । धनी मानिस सुखी नहुने भन्दै स्वस्थ मानिसमात्रै सुखी हुने उनको भनाइ छ ।