© २०२३
बुटवल, ३१ साउन ।
नेपाल औषधीगत विक्रि प्रबन्धक संगठन, लुम्बिनी शाखा (पिन लुम्बिनी) को पाचौ ईकाई अधिवेशनबाट राजु भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति समेत निर्विरोध निर्वाचित भएको छ ।
जसको उपाध्यक्ष युवराज डुम्रे, सचिब बिमल ज्ञवाली, सहसचिव नारायण बस्याल, कोषाध्यक्ष गणेश गिरि, सह–कोषाध्यक्ष राकेश पाण्डे तथा सदस्यहरुमा बिमला चिंदी, गेनालाल यादव, संदेश पौडेल, मनोज भट्टराई र हरिश सिंह बिष्ट रहेका छन ।
नवनिर्वाचित अध्यक्ष राजु भण्डारीले संस्थाको भावी योजनाबारे जानकारी दिदै ब्यक्तिगत र संस्थागत विकासमा अन्य ब्यवसायीक संस्थासंग सहकार्य गर्ने प्रतिबद्धजना जनाए ।
कार्यक्रमको एक समारोहका बिच लुम्बिनी शाखाका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रीय उपाध्यक्ष हरिहर भण्डारीले उद्घाटन गरेका थिए । शाखामा ९२ जना सदस्यहरु छन ।