ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजको तिज मिलन कार्यक्रम

३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

बुटवल, ३१ साउन ।

अर्घाखाँची धातिवाङ्ग- रुपन्देही सम्पर्क समाजको आयोजनामा यस वर्ष पनि तिज मिलन कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। पाणिनि गाउँपालिका वडा नं. ६ का  वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले सम्पर्क समाजले कर्मथलोमा रहदाँ पनि जन्मभूमिप्रति देखाएको भावना कायम राखेर परम्परा र संस्कृतिलाई जोगाइराखेकोमा प्रशंसा गरे।

उनले समाजले आयोजना गरेको तिज मिलन जस्ता कार्यक्रमहरूले चेलीबेटी र समुदायबिच आपसी सद्भाव, सम्बन्ध विस्तार र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने कार्यमा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

धातिवाङ्गबासीलाई जहाँ भए पनि गाउँको विकास र पहिचानमा सहकार्य गर्न आग्रह गर्दै आगामी दिनमा समाजलाई अझ व्यवस्थित र सक्रिय बनाउन आफ्नो साथ सहयोग रहने पौडेलको भनाइ रहेको थियो ।

धातिवाङ्ग रुपन्देही सम्पर्क समाजका अध्यक्ष पिताम्बर पाण्डे, संस्थापक अध्यक्ष थानेश्वर पाैडेल, वडा सदस्य खगेश्वर पाैडेल र हरिप्रसाद पाैडेल, सल्लाहकार जनार्दन पाैडेल तथा हरिप्रसाद पाैडेल, सिद्वेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव पुष्कर पाैडेल, संस्थाका उपाध्यक्ष गंगा पाैडेल, सचिव हरिप्रसाद घिमिरे, कार्यसमिति सदस्य गाैरी पाैडेल लगायतले मन्तव्य राख्दै संस्कृतिको जर्गेनाका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा रुपन्देहीमा बसोबास गरिरहेका धातिवाङ्गमा जन्मिएका चेलीबेटी तथा धातिवाङ्गबासीको उल्लेख्य उपस्थिति रहेको थियो । तीज पर्वलाई महिलाहरूको मात्र उत्सव नभई समुदायबिचको एकता, सांस्कृतिक जगेर्ना र भेटघाटको अवसरका रूपमा मनाउनुपर्नेमा वक्ताले जोड दिएका थिए  ।

कार्यक्रममा गायिका सम्झना रणपालकाे प्रस्तुति सहित नाचगान गरिएको हो । तीज मिलनलाई हरेक वर्ष निरन्तर आयोजना गर्दै आएको धातिवाङ्ग रुपन्देही सम्पर्क समाजले उत्साहपूर्वक सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?