Butwal Today

टप एन्ड टी-२० सिरिज: दोस्रो खेलमा नेपाल आज बंगलादेश एसँग भिड्दै

३१ श्रावण २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजमा आज (साउन ३१) नेपाल दोस्रो खेल खेल्दै छ।

अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा नेपाली क्रिकेट टिम बंगलादेश ए टोलीसँग भिड्ने भएको हो।

यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

उता आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित बंगलादेश पनि आजको खेल जित्न चाहन्छ।

सिरिजमा सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्।