ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

तिलोत्तमा मेलाः आकर्षक सेल्फीजोनले लोभ्यायो दर्शक

१९ मंसिर २०७९, सोमबार
१९ मंसिर २०७९, सोमबार

रुपन्देही, १९ मंसिर ।

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बनाइएका सेल्फीजोनमा दर्शकको आकर्षण बढेको छ । मेला स्थलमा बनाइएका एक दर्जन सेल्फीजोनमा दर्शकहरुले आलोपालो फोटो खिच्न कुरिरहेका देखिन्छन् ।

मेलामा आकर्षण बढाउन एकदर्जन सेल्फीजोन बनाइएको मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले बताए । उनका अनुसार मेलामा प्रवेश गर्ने धेरैजसो दर्शक उपभोक्ताले सेल्फीजोनमा फोटो खिच्ने र टिकटक बनाउने गरेका छन् । सेल्फीजोनमा फोटो खिचाउँदै गरेकी शंकरनगरकी करुणा शाहीले भनिन्, ‘मेलामा सेल्फीजोनहरु राम्रो लाग्यो, टिकटक बनाउन सजिलो भयो ।’

यसैबीच सोमबार मेलामा चर्चित गायक पुस्कल शर्मा, विष्णुु सिंजाली, गायिका रितु थापा, सम्झना रणपाल, डान्सर प्रिती पाशवान, बिनिता शाही लगायतले दर्शकलाई मनोरन्जन दिलाएका थिए । त्यस्तै मेलामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि चलिरहेको मेलाका सांस्कृतिक उपसमितिका संयोजक युवराज पराजुलीले जानकारी दिए । सोनी डान्स गु्रपको पनि विषेश प्रस्तुति रहेको उनले बताए । उद्घोषक तथा गायक दिपु मगर र खेमराज रेग्मीले पनि दर्शकलाई मनोरन्जन दिलाए ।

उनका अनुसार मेलामा मंगलबार लोकप्रिय गायक खेम सेन्चुरी, बसन्त लम्साल, गायिका तथा मोडेल सबिता कार्की, लालमाया थापा, दुर्गा गुरुङ लगायतले दर्शकलाई मनोरन्जन दिनेछन् । त्यस्तै नाइट कन्सर्टमा गायिका प्रिती आले, डीजे ब्याण्ड लगायतको प्रस्तुति रहनेछ । सोनी डान्स ग्रुपको पनि प्रस्तुति रहनेछ ।

तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गत विहीबारदेखि सुरु भएको मेलामा सोमबार पनि दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले बताएका छन् । मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागी रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए ।

मेलामा मंसिर २१ देखि २३ गतेसम्म महिला कुस्ती प्रतियोगिता हुने र २४ गते ब्याडमिन्टन प्रतियोगिता हुने खेलकुँद उपसमिति संयोजक विवश थापाले उल्लेख गरे । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?