ट्रेंडिंग:

>> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी

२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

काठमाडौं, २९ साउन ।

विश्वको सबैभन्दा खतरनाक समुद्री मार्ग मानिने ल्याम्पेडुसा अन्तर्राष्ट्रिय जलक्षेत्रमा फेरी डुङ्गा पल्टिएको छ ।

यस दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी अझै बेपत्ता छन् । यो डुङ्गामा समुद्री मार्गबाट इटाली पुग्न खोजिरहेका आप्रवासी बोकेका थिए ।

डुङ्गामा सवार अन्य ६० जनालाई लाम्पेडुसा केन्द्रमा लगिएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर) र स्थानीय अधिकारीहरूका अनुसार यो डुङ्गा लिबियाबाट गएको थियो। त्यतिबेला करिब एक सय जना थिए । दुर्घटनापछि २० जनाको शव निकालिएको छ भने १२ जनाको खोजी कार्य जारी छ ।

लाम्पेडुसाका मेयर फिलिपो मान्निनोले दुर्घटना बिहानै भएको हुनसक्ने बताए । युएनएचसीआरका अनुसार यस वर्ष अहिलेसम्म मध्य भूमध्यसागरीय मार्ग हुँदै इटाली पुग्ने प्रयासमा ६ सय ७५ आप्रवासीको मृत्यु भएको छ, जसमा पछिल्लो घटना समावेश छैन ।

मेयरले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्, ‘लाम्पेडुसाको तटमा अर्को डुङ्गा दुर्घटनाबाट गहिरो पीडा छ, जहाँ  युएनएचसीआर ले हाल बाँचेकाहरूलाई सहयोग गरिरहेको छ ।

युएनएचसीआरको तथ्यांक अनुसार सन् २०२५ को पहिलो ६ महिनामा ३० हजार ६० शरणार्थी र आप्रवासीहरू समुद्री मार्गबाट इटाली पुगेका थिए, जुन गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढेको थियो ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले उत्तर अफ्रिकादेखि दक्षिणी युरोपसम्मको यो अनियमित समुद्री मार्ग विश्वकै सबैभन्दा खतरनाक रुटमध्ये एक भएको जनाएको छ । विगत १० वर्षमा भूमध्यसागर पार गर्ने क्रममा करिब २४ हजार ५०० व्यक्तिको मृत्यु भएको वा बेपत्ता भएका छन् ।

अक्टोबर ३, २०१३ मा इरिट्रिया, सोमालिया र घानाका ५०० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा आगो लागेर पल्टिँदा यो घातक दुर्घटना भएको थियो। यस दुर्घटनामा कम्तिमा ३६८ जनाको मृत्यु भएपछि यस संकटसँग जुध्न अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?