ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

८ करोडको सिँचाइले बदल्यो चौवाटार फाँटको मुहार

२७ श्रावण २०८२, मंगलवार
२७ श्रावण २०८२, मंगलवार

समाचार सारांश


  • अर्घाखाँचीको छत्रदेव गाउँपालिकास्थित चौवाटार फाँटमा सिँचाइको सुविधा नहुँदा लामो समयसम्म खेतीयोग्य जमिन बाझिएको थियो ।

  • २०४३ सालदेखि योजना बनाएर प्रयास सुरु गरिएको चौवाटार सिँचाइ योजना ३६ वर्षपछि २०८१/८२ मा सम्पन्न भयो ।

  • २२० घरधुरीका १४५० जना किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।


 

अर्घाखाँची, २७ साउन ।

कतै मोटर बाटो विस्तार गर्दा खेत बाझिए, कमै काम गर्ने जनशक्ति नहुँदा खेत बाझिए । यो समस्या छत्रदेव गाउँपालिकाको खेतीयोग्य जमिन चौवाटार फाँटको हो ।

२०४३ साल देखिनै योजना पारेर कुलो निर्माण गर्न स्थानीयहरू अग्रसर भए पनि त्यो सपना अहिले ३६ वर्षपछि पूरा भएको छ । सिँचाइ योजना सुरु भएपछि बाझिएको फाँटमा ठूला पोखराका धनिश्वर पाण्डेले हिउँदे र वर्षे धान गरी ५५ मुरी धान उत्पादन गर्न लागे ।

सिँचाइ नहुँदा खेत, बारी ‘बाझिँदै गएको थियो, सिँचाइ भएपछि जग्गामा पुनः खेती सुरु गरियो, पानी अहिले छ, निकै सहज भएको छ ।’ वर्षे धान मात्र होइन, हिउँदे धानपनी उत्पादन हुन्छ, पाण्डेले भने ‘बारीलाई खेत बनाएर धान रोपिएको छ ।’ यो उदाहरण पात्र मात्र हो ।

ठूलापोखरामा चौवाटार सिँचाई योजनाबाट २ सय २० घरधुरीका १४ सय ५० जना प्रत्यक्ष लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष धनिश्वर पाण्डेले भने ‘जरेखोला मिलमिलेबाट सेरीखोलासम्म ८ हजार २ सय मिटर लम्बाई रहेको यस सिँचाइ योजना ८ करोड ३९ लाखको लागतमा सम्पन्न भएको हो ।’

सिँचाइ आयोजनामा अझै शाखा कुलाहरू बनाउन बाँकी छ, डिपीआर अनुसारको काम भएको छ, पखेराको बाटो कुलो फाँटमा ल्याउँदा स्थानीय कृषकहरूलाई सहज भयो ।’

चौवाटार सिँचाइ आयोजना जस्तै अर्घाखाँचीमा ३ हजार १ सय १८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । जिल्लामा ८ हजार ५ सय ४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकोमा ३६.४९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भुसालले बताए ।

जिल्लामा २१ हजार २ सय ४७ हेक्टर जमिनमा खेती गरिँदै आएको छ । जसमध्ये ८ हजार ५ सय ४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकोमा ३ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको डिभिजन प्रमुख भुसालको भनाइ छ ।

एक वर्षको अवधिमा १ सय २३ वटा सिँचाइका योजना सम्पन्न भएका हुन्, प्रमुख भुसालले भने ‘आर्थिक वर्ष २०८१/८२ मा जिल्ला भरमा रहेका १ सय ३३ मध्ये १ सय २३ वटा योजना सम्पन्न गरेको, २ वटा कार्यान्वयनको चरणमा रहेको र ८ वटा योजना मापदण्ड अनुसार नभएकाले ती योजनामा काम गरिएको छैन ।’

जिल्लाको सरकारी कार्यालय अन्तर्गत सिँचाइ कार्यालयले जेठ मसान्तसम्ममा कार्यालयमा काम सम्पन्न भई पेस भएका योजनाको भुक्तानी गरेको हो, गत आर्थिक वर्षमा कार्यालयको कुल बजेट १६ करोड ७५ लाख मध्ये १४ करोड ४९ लाख ४५ हजार खर्च गरी भौतिक प्रगति ९७.९९ प्रतिशत र वित्तीय प्रगति ८६.५३ प्रतिशत रहेको कार्यालयका लेखापाल शिवहरि खनालले जानकारी दिएका छन् ।

कार्यालय समयमै उत्कृष्ट कार्यसम्पादन गर्ने अर्घा कन्स्ट्रक्सन, समयभन्दा अगावै उत्कृष्ट कार्य सम्पादन गर्ने लुम्बिनी निर्माण सेवा, उत्कृष्ट रूपमा योजना कार्यान्वयनमा ल्याउने चौबाटार जलस्रोत उपभोक्ता समितिलाई सम्मान गरेको छ ।

लुम्बिनी प्रदेश सरकार मार्फत विनियोजन भएको रकमको भरमा जिल्लामा सिँचाइ योजनाका कामहरू अगाडी बढेका छन् । चालु आर्थिक वर्ष अर्घाखाँचीमा शितगंगा नगरपालिकामा सिँचाइ तथा तट बन्धन योजनामा ७ करोड ६२ लाख, सन्धिखर्क नगरपालिकामा ३ करोड ७२ लाख, भूमिकास्थान नगरपालिकामा १ करोड ६० लाख, मालारानी गाउँपालिकामा ३० लाख, पाणिनी गाउँपालिकामा ७० लाख र छत्रदेव गाउँपालिकामा १ करोड ६३ लाख गरी जम्मा १५ करोड ६७ लाख बजेट विनियोजन भएको छ ।

सिँचाइ कार्यालयका प्राविधिक अधिकृत रामजी भट्टराईले भने ‘चालु आर्थिक वर्षमा १०० योजना प्रदेश सरकारबाट विनियोजन बजेटमा छन्, सबैभन्दा ठुलो आयोजना विशेष अनुदान अन्तर्गतको शितगंगाको पावरटार सिचाई आयोजना हो, ३ करोडमा काम हुदैँ छ ।’

९ करोड ५० लाख लागत स्टीमेट रहेको पावर सिँचाइ योजना बहु वर्षे हो, आगामी वर्ष पनि निरन्तर हुन्छ, जिल्लाका अन्य सबै योजनाहरू जेठ मसान्तअगाडि नै सम्पन्न गर्ने गरी काम सुरु गर्छौँ, भट्टराईले भने ‘अब कार्यान्वयन चरणमा लाग्छौँ ।’

सबैभन्दा बढी शितगंगा नगरपालिकामा ३१ योजना र सबैभन्दा कम मालारानी गाउँपालिकामा ३ वटा सिचाई तथा तट बन्धन योजनाहरू रहेका छन् । सन्धिखर्कमा ३०, भूमिकास्थानमा १६, पाणिनीमा ६ र छत्रदेवमा १४ योजना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?