ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा
उपकार मञ्च

महिलाले हाँकेको लघु वित्त

१९ मंसिर २०७९, सोमबार
१९ मंसिर २०७९, सोमबार

बाँके, १८ मंसिर ।

२०६३ सालमा महिलाको अधिकारका लागि आवाज उठाउन उपकार मञ्च गठन भयो । गाउँ समाजमा महिलालाई परेको अन्यायका बिषयमा सशक्त आवाज उठाउँदै गर्दा महिलाको आत्मनिर्भरताका कुरा पनि उठ्न थाले । त्यसपछि मन्च आवद्ध महिला सदस्यले रु १० बचत गर्दै ऋण लिन दिन सुरु गरे ।

सानो पुँजीबाटै भए पनि मञ्चबाट महिलाहरुले ऋण लिने व्यापार व्यवसाय गर्थे । महिलाहरु आत्मनिर्भरको बाटो लागे । बाँकेको कोहलपुरमा त्यसरी सुरु भएको महिला उपकार मन्च अहिले उपकार लद्यु वित्तीय संस्थाका रुपमा लुम्बिनी प्रदेशभर कारोवार गरिरहेको छ । महिलाले स्थापना गरेको मात्र होइन उक्त लद्यु वित्तलाई महिलाले नै नेतृत्व प्रदान गरिरहेका छन् । उक्त लद्यु वित्तको अध्यक्ष शान्ती ढकाल हुन् भने प्रमुख कार्यकारी अधिकृतमा शारदा पोखरेल रहेकी छन् । लद्यु वित्त बनेको छोटो समयमै शाखा बिस्तारलाई तीब्रता दिएको छ भने बाँके र बर्दियामा सबैभन्दा कर धेरै तिर्ने निकायको सूचीमा परेर यसै आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट सम्मानित समेत भइसकेको छ ।

महिलाले मात्र सञ्चालन गरेको उक्त लद्युवित्तको कार्यक्षेत्र लुम्बिनी प्रदेश हो । पूर्वी रुकुम र गुल्मी बाहेक अन्य जिल्लामा ३३ वटा शाखा सन्चालनमा रहेका छन् । २ अर्व २७ करोड लगानी गरिसकेको उपकारको चुँक्ता पुँजी ६ करोड ५६ लाख रहेको छ । उपकार मन्चमा प्रदेशभर चालिस हजार महिलाहरु आवद्ध भई बचत गर्दै आएका छन्् ।

दोस्रो कार्यकालका लागि सिइओ नियुक्त पोखरेलले ३३ वटा शाखामा रहेका १ सय ८९ कर्मचारीको नेतृत्व गर्छिन् भने संस्थालाई प्रदेशकै उत्कृष्ट लघुवित्त बनाउने जिम्मेवारी पनि सम्हाल्ने छिन् । पहिलो कार्यकालमा बचत गर्न मात्र सीमित संस्था लद्युवित्त बनाउन सफल भएको बताउँँदै पोखरेलले भनिन्,–‘अन्य जिल्लामा शाखा बिस्तार गरेर संस्थाको कार्यक्षमता र कार्यक्षेत्र बिस्तार गर्न सफल भयौं । अब दोस्रो कार्यमालमा हामी भएकै जिल्लामा थप र नभएका जिल्लामा शाखा बिस्तार गर्दै उत्कृष्ट लघुवित्त बनाउने गरी काम गर्छौ ।’

२०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले आफ्ना सदस्यबाट दश रुपैयाँ बचत उठाउँथ्यो । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च आज राष्ट्र बैंकबाट अनुमती प्राप्त घ वर्गको वित्तिय क्षेत्र बन्न सफल भएको हो ।

‘थोरै पैसाको बचतबाट महिलाले मात्र सुरु गरेको संस्था घ वर्गको वित्तिय संस्था बन्न सफल भएको छ । असाध्यै खुसी छु ।’–संस्थाकी अध्यक्ष ढकालले भनिन् । सम्पूर्ण महिलाको सम्पत्तिका रुपमा महिला उपकार मन्च रहेको अध्यक्ष ढकालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?