© २०२३
तेलअहिव, २६ साउन ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहरलाई नियन्त्रण गर्ने योजनालाई अनुमोदन गरेको पुष्टि गरे पछि जनता सडकमा उत्रिएका छन् ।इजरायलको यो योजनाको विश्वभरका सङ्गठनहरूले निन्दा गरेका छन्, अब इजरायलमा नै यसको दिन दिनै विरोध सुरु भएको छ ।
शनिबार साँझबाट सुरु भएको तेलअवीव र इजरायलका विभिन्न सहरहरूमा हजारौँ प्रदर्शनकारीहरू भेला भइरहेका छन्, इजरायलले गाजा सहर कब्जा गर्न योजनाबद्ध आक्रमण सुरु गर्नु अघि बन्धकहरू बसोबास र युद्ध विराम सम्झौताको माग गर्दै उनीहरूले सो विरोध प्रदर्शन गरेका हुन् ।
बन्धकहरूका परिवारहरूले योजनाको विरोध गर्न आम हडतालको आह्वान गरेका छन् र यो आफ्ना प्रियजनहरूको लागि मृत्युको घण्टी हुने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसङ्घले गाजामा बन्दी बनाएका प्यालेस्टिनी नागरिकलाई पूर्ण सैन्य कब्जाले हानि पु¥याउने चेतावनी दिएको छ ।
इजरायली बन्धकहरूको लागि ‘विनाशकारी परिणाम’ हुन सक्छ। इजरायलका लागि बेलायती राजदूतले यो ‘ठुलो गल्ती’ हुने बताएका छन् । यो प्रदर्शन पछिल्ला केही महिनामा भएको सबैभन्दा ठुलो प्रदर्शन मध्ये एक थियो।
यस कदमले कैदीहरूलाई खतरामा पार्ने, सैनिकहरूलाई अनावश्यक रूपमा खतरामा पार्ने र गाजामा मानवीय सङ्कट गहिरो हुने भन्दै सेनाले गाजा कब्जा गर्ने योजनामा आपत्ति जनाएको थियो। अहिले यो निर्णयको विरोधमा जनता पनि खुलेर सडकमा उत्रिएका छन् ।
‘हाम्रा प्रियजनहरूको बलिदान दिने सरकारको निर्णयमा रातो झन्डा फहरिरहेको छ,’ बन्धक र बेपत्ता परिवार फोरमले शनिबारको जुलुस अघि एक प्रेससँग संक्षिप्तमा भने । फोरमले निर्णयकर्ताहरूलाई बृहत् बन्धक सम्झौतामा पुग्न, युद्ध रोक्न, हाम्रा प्रियजनहरूलाई फिर्ता ल्याउन, उनीहरूको समय सकिएको छ।’
यस योजनामा हमासलाई निःशस्त्रीकरण गर्ने, सबै बन्धकहरूलाई फिर्ता गर्ने, पाँच वटा उद्देश्य राखिएको छ।