© २०२३
भैरहवा ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेले बिगो बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले आफूलाई थुनामुक्त गराउन माग गर्दै अदालतमा निवेदन दिएका छन् । उक्त निवेदनमाथि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस जारी छ ।
रवि लामिछाने अदालतमा व्यक्तिगत रूपमा उपस्थित नभए पनि उनका कानुनी प्रतिनिधिहरू बहसमा संलग्न छन्। बहसपछि अदालतले ठगी मुद्दाबाट उनलाई छुट दिने कि नदिने भन्नेबारे निर्णय लिनेछ । उनी हाल भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
सुप्रिम सहकारीमार्फत ठगीसँगै संगठित अपराधमा समेत संग्लन भएको आरोप लागेका लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत तीन जनाको नाममा बुझाएका छन् । उनले यही आधारमा ठगी मुद्दाबाट छुट दिई थुनामुक्त गर्न अनुरोध गरेका हुन् । यसबारे अदालतको अन्तिम फैसला अझै आउन बाँकी छ ।