© २०२३
काठमाडौं , २५ साउन ।
प्लास्टिक प्रदूषण नियन्त्रणका लागि कानुनी रूपमा बाध्यकारी अन्तर्राष्ट्रिय सम्झौता गर्न संयुक्त राष्ट्रसंघअन्तर्गत जेनेभामा सुरु भएको वार्तामा अपेक्षित प्रगति हुन सकेको छैन। मङ्गलबारदेखि सुरु भएको यस वार्तामा १८४ देशका प्रतिनिधिहरू सहभागी छन्।
वार्ताको नेतृत्व गरिरहेका लुइस भायस भाल्डिभिसोले हालसम्मको प्रगति पर्याप्त नभएको बताएका छन । वातावरणीय समस्या दिन प्रतिदिन गम्भीर बन्दै गइरहेको सन्दर्भमा साझा समाधानमा पुग्न अझै ठूलो प्रयास आवश्यक रहेको उनको भनाइ छ।
यो वार्ता यही अगस्ट १४ तारिखसम्म निष्कर्षमा पुर्याउनुपर्ने लक्ष्य रहेको छ। दक्षिण कोरियाको बुसानमा गएको डिसेम्बरमा भएको पाँचौं तथा अन्तिम चरणको वार्ता असफल भएपछि अब पुनः छलफल सुरु गरिएको हो।