Butwal Today

मोसादका लागि जासुसी गर्नेलाई इरानले चढायो फाँसीमा

२२ श्रावण २०८२, बिहीबार
अ+
अ-

तेहरान, २२ साउन ।

इरानको न्यायपालिकाले बुधबार इजरायली शासनको मोसादका लागि काम गर्ने एक जासुस र दाएस् (आईएसआईएल वा आईएसआईएस) आतङ्कवादी समूहको सदस्यलाई मृत्युदण्ड दिएको छ ।

मोसादका जासुस रुजबेह वादीलाई सियोनिष्ट शासनको जासुसी एजेन्सीसँगको सम्बन्धमा दोषी ठहरिएपछि बुधबार बिहान फाँसी दिइएको हो ।

उनी इरानको एउटा महत्त्वपूर्ण र संवेदनशील संस्थामा कार्यरत थिए । वादी भर्चुअल स्पेस मार्फत मोसादमा सामेल भएका थिए। समाचार अनुसार दोषीले भियनामा मोसादका अधिकारीहरूसँग पाँच पटक भेटेका थिए ।

आज बिहान मृत्युदण्ड दिइएको अर्का दोषी महदी असगरजादेह थिए, जो इराक र सिरियामा सैन्य तालिम लिएका थिए र इरान भित्र आतङ्कवादी हमला गर्ने योजना बनाएका थिए ।