© 2026
काठमाडौं, २० साउन ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भारी गिरावट देखिएको छ। नेप्से परिसूचक ४१.३५ अंकले घटेर २८३४ विन्दुमा झरेको हो। कारोबारको सुरुवातमै परिसूचक २९०५ अंकसम्म पुगे पनि त्यसपछि बजार ओरालो लाग्दै अन्त्यसम्म रातामै सीमित रह्यो।
बजारमा कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १० अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ९ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा ४६ कम्पनीको मूल्य बढेको छ भने २०४ कम्पनीको मूल्य घटेको छ।
धेरैजसो सूचकहरूमा गिरावट देखिएको छ। बैंकिङ समूह १.०४ प्रतिशतले घटेको छ भने विकास बैंक २.५५, फाइनान्स १.६८, होटल तथा पर्यटन ०.८४, हाइड्रोपावर १.५९, लगानी १.८०, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन १.६१, निर्जीवन बीमा १.२७, अन्य २.८३ तथा व्यापार समूह १.६२ प्रतिशतले ओरालो लागेको छ। यद्यपि, माइक्रोफाइनान्स समूह भने ०.५० प्रतिशतले वृद्धि भएको छ।
मंगलबारको कारोबारमा समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तका सेयर मूल्य १० प्रतिशतले बढेका छन्। त्यस्तै विन नेपाल लघुवित्तको मूल्य ४.६४ र सिर्जनशील लघुवित्तको ४.२२ प्रतिशतले वृद्धि भएको छ।
अर्कोतर्फ, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ। ट्रेड टावरको मूल्य ७.३५ प्रतिशत, लुम्बिनी विकास बैंकको ५.४ प्रतिशत तथा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको मूल्य ४.८० प्रतिशतले घटेको छ। आजको धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, ट्रेड टावर, शिवम् सिमेन्ट, बुटवल पावर र ङादी ग्रुप रहेका छन्।