ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

एकैपटक नौ वटा सहकारी एकीकरण

१८ मंसिर २०७९, आईतवार
१८ मंसिर २०७९, आईतवार

बुटवल, १८ मंसिर ।

रुपन्देहीका नौवटा सहकारी संस्थाहरु एकीकरण (मर्जर) भएका छन् । रुपन्देही, नवलपरासी र कपिलवस्तुका सहकारी एकीकरण घोषणा गरिएको हो । सार्थक, आगन्तुक, शाईन, उपदेश, उपकार, जनप्रिय, सुसन्देश शुभश्री, वरदान बहुउद्देश्यीय सहकारी संस्थाहरुका पदाधिकारी, शेयर सदस्यहरुको सहभागितामा शनिबार मर्जर गरिएको हो ।

कार्यक्रमको उदघाटन गर्दै राष्ट्रिय सहकारी बैकका अध्यक्ष केपि उप्रेतीले सहकारीको अहिले सृजना भएको भ्रम तोड्ने गरी केन्द्रबाट काम सुरु भएको बताए । सहकारी क्षेत्रमा भएका खराबीका कारण मात्र नभई यसमा अन्य धेरै तत्वहरु समावेश रहेको उनले बताए । देशकै आर्थिक अवस्था कोभिड १९ संक्रमणभन्दा पनि जटिल रुपमा देखिएको उनले दाबी गरे । राष्ट्रिय अर्थतन्त्रमा सरकारकै कारण आर्थिक संकट आएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालक तथा जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले एकीकरण आफैमा नया उर्जा थप्ने अभियान भएको बताए । शब्दमात्र सिमित नभई कार्यान्वयन गर्न सुझाव दिदै उनले सहकारीको परिभाषा र नारालाई अक्षरशः पालना गरेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैकमा संचालक माधवलाल देवकोटाले सहकारीको आधारभुत मूल्य मान्यतालाई समेत कार्यान्वयन नगर्दा सहकारी डुब्नेसम्मको अवस्था आएको बताए । प्रतिवद्घतासहित सुधार ल्याउने बाहेक अन्य कुनै बिकल्प नरहेको उनले बताए । हाल रुपन्देहीमा ७ सय सहकारीहरु छन् ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारीका संचालक सन्दिप सापकोटाले सहकारी समस्यामा गुज्रिएको बताए । सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था गठन गर्ने गरी प्रस्तावित नाम सहित यी सहकारीहरु एकीकरण भएका हुन् । तदर्थ समितिका अध्यक्ष प्रकाश खनालका अनुसार मर्जर पश्चात सहकारीको कुल निक्षेप संकलन ३३ करोड ४४ लाख ७२ हजार २ सय ८७ हुने छ । यस्तै कर्जा प्रवाह २९ करोड ६२ लाख ८५ हजार ९ सय ८२ हुने बताइएको छ ।

एकीकरण पश्चात हुने तरलता १२.६९ प्रतिशत कायम हुने जानइएको छ । यस्तै अचल सम्पत्ति २ करोड ८१ लाख ६७ हजार १ सय ४७ र शेयर पुँजी ३ करोड ७१ लाख ४२ हजार ३ सय ३ रुपैयाँ हुनेछ भने एकीकरण पश्चत शेयर सदस्यहरुको संख्या २२ हजार ४ सयस १३ जना रहने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?