ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ रुपन्देहीमा नयाँ नेतृत्व चयन

१८ श्रावण २०८२, आइतबार
१८ श्रावण २०८२, आइतबार

रुपन्देही  

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ रुपन्देहीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सोहन चौधरीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

आज सम्पन्न अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले नेकपा (एमाले) मुलुकको प्रमुख राजनीतिक शक्ति भएको उल्लेख गरे। उनले आदिवासी जनजाती समुदाय सदैव देशको विकासमा क्रियाशील रहँदै आएको र नेकपा एमालेलाई बलियो बनाउने आधार स्तम्भको रूपमा काम गरेको बताए। साथै, मुलुकको समृद्धि र परिवर्तनमा आदिवासी जनजातिको ठूलो योगदान रहेको उल्लेख गर्दै यसको यथोचित मूल्यांकन आवश्यक भएको धारणा व्यक्त गरे।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले हरेक आन्दोलनमा आदिवासी जनजातीको भूमिका अग्रणी रहेको बताए। उनले जातीय तथा वर्गीय विभेद अन्त्य गर्न नेकपा एमाले निरन्तर प्रयासरत रहेको समेत स्पष्ट पारे।

अधिवेशनमा महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पुन, सचिव हिरु राना, नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तुलसी चौधरी, लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, भूमि आयोग रुपन्देही अध्यक्ष कुमार थापा लगायतका नेताहरूले पनि मन्तव्य दिएका थिए।

नवगठित कार्यसमितिको अध्यक्षमा सोहन चौधरी चयन भएका छन् भने उपाध्यक्षमा सदिप थापा, महिला उपाध्यक्षमा सीता जोशी, सचिवमा नेतन गुरुङ, महिला उपसचिवमा सुनीता राजकोटी, उपसचिवमा टेकबहादुर राना र कोषाध्यक्षमा हेमबहादुर थापा चयन भएका छन्। कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेकपा एमालेको जनवर्गीय संगठनका रूपमा देशभर क्रियाशील रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?