ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

पाल्पामा राजस्व सङ्कलनमा ५ करोडभन्दा बढीको वृद्धि

१७ श्रावण २०८२, शनिबार
१७ श्रावण २०८२, शनिबार
पाल्पा, १७ साउन ।
पाल्पामा गत आर्थिक वर्ष २०८१/०८२ मा राजस्व सङ्कलन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड २८ लाख ३७ हजार ६ सय ८० रुपैयाँले राजस्व सङ्कलन बढेको हो ।
करदाता सेवा कार्यालय पाल्पाका अनुसार गत आर्थिक वर्ष ६० करोड ८१ लाख ९५ हजार ४ सय ७० राजस्व सङ्कलन भएको छ । कार्यालयले ७० करोड २२ लाख ७२ हजार ९ सय ७० राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । उक्त लक्ष्य नजिक रहेर कार्यालयले ८७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
उसले आर्थिक वर्ष २०८०/०८१ मा ५५ करोड ५३ लाख ५७ हजार ७ सय ९० राजस्व सङ्कलन गरेको थियो । सङ्कलन भएको राजस्व लक्ष्यको ७५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा आयकरतर्फ ३२ करोड ९० लाख ५२ हजार २ सय ३०, मूल्य अभिवृद्धि करतर्फ २६ करोड ९४ लाख २४ हजार २ सय ४० र अन्तःशुल्कतर्फ ९७ लाख १९ हजार राजस्व  सङ्कलन गरिएको कार्यालयका प्रमुख तथा कर अधिकृत सन्तोष सुवेदीले बताए ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष राजस्व सङ्कलनमा करिब १० प्रतिशत वृद्धि भएको सुवेदीको भनाइ छ । उनका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै उत्साहजनक रूपमा करदाताहरूबाट कर सङ्कलन भएको थियो ।
अघिल्लो वर्षदेखि कर शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउँदै लगेका कारण राजस्वमा वृद्धि हुँदै गएको कर अधिकृत सुवेदीले बताए ।
उनले भने,‘हामीले ठाउँ –ठाउँमा पुगेर कर शिक्षा दिँदै आएका छौँ, आर्थिक ऐनले प्रदान गरेका छुट सुविधाहरूको व्यापक प्रचार र जिल्लामा गत आर्थिक वर्ष भन्दा बढी पुँजीगत खर्च हुनुले पनि राजस्व सङ्कलनमा वृद्धि भएको हो ।’
कर सम्बन्धी जनचेतना बिस्तार भएर पनि व्यापारी/व्यवसायी क्रमशः करको दायरामा आउने क्रम बढेको प्रमुख सुवेदीले बताए । राज्यलाई कर तिर्नुपर्छ भन्ने मान्यताको विकास गराउन कार्यालयले जिल्लाका वडा तहमा पुगेर कर शिक्षा प्रदान गरेको थियो ।
करको दायरामा आएपछि कमाई र पेसालाई कानुनी वैधता प्राप्त हुने र त्यसको माध्यमबाट बैङ्किङ कारोबार गर्न सहज हुने भएकाले जनता स्वतःस्फूर्त कर दर्ता गर्न आउने क्रम बढेको उनले बताए ।
केही करदाताहरू अझै पनि शिक्षाको कमीका कारण करको दायरामा आउन नसकेकाले उनीहरूलाई स्थानीय सरकारसँग समन्वय गरेर ल्याउने काम कार्यालयले गर्दै आएको छ ।
 कार्यालयबाट गत वर्ष ७ सय ८० व्यवसाय दर्ता भएका छन् । यहाँ ३ सय ६२ व्यवसाय बन्द भएको कार्यालयले जनाएको छ । कार्यालयले ३ हजार ४ सय ८१ व्यक्तिगत पान वितरण गरेको छ भने एक हजार १ सय ६८ करदाताले अन्तः शुल्क नवीकरण गरेका छन् ।
कार्यालयबाट अनलाइन सिस्टमको व्यवस्थापन भएकाले करदाताहरूले अनलाइनबाटै आफ्नो मासिक, त्रैमासिक, कारोबारहरूको विवरण बुझाउन सकिने, बैङ्कबाट समेत राजस्व तिर्न मिल्ने व्यवस्था भएपछि व्यवसायी तथा उपभोक्तालाई सहजता भएको कर अधिकृत सुवेदीले बताए ।
अझै करको दायरामा आउन नसकेका व्यवसायी फर्मलाई पनि करको दायरामा ल्याउन उनीहरूलाई वैधानिक रूपमा व्यापार व्यवसाय गर्न प्रोत्साहन गर्ने योजना करदाता सेवा कार्यालयको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?