© २०२३
बुटवल, १५ साउन ।
लायन्स क्लब अफ रुपन्देही र लायन्स क्लब अफ बटौलीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्रत्येक वर्ष क्लबले रामनगरस्थित जनता माध्यमिक विद्यालय परिसरमा फलफुलका बिरुवा लगाउदै आएको छ ।
कार्यक्रमलाई प्रभावकारी बनाउन उपयुक्त स्थानको छनौट गरि वृक्षारोपण गर्दै आएको लायन्स क्लब अफ बटौलीका अध्यक्ष विष्णुप्रसाद गौतमले बताए । क्लबको नियमित वार्षिक कार्यक्रम अन्तरगत पर्यावरण जोगाउन सानो अभियान धेरै प्रभावकारी देखिएको उनले बताए । ‘पहिले रोपेका फलफुलका बिरुवाहरुले फल दिएका छन ।’–उनले भने ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ पि नेपालका गभर्नर बलराम भट्टराईले विद्यालयका शिक्षक केशव न्यौपानेलाई विरुवा हस्तान्तरण गर्दै औपचारिक शुभारम्भ गरे । एउटा क्षेत्रलाई छनौट गरि प्रभावकारी रुपमा लायन्स काम गर्दै आएको भन्दै उनले जनता माबिमा प्रत्येक वर्ष वृक्षारोपणसंगै अक्षयकोषमार्फत १० जनालाई सहयोग गर्दै आएको बताए । यो वर्ष विश्वका १५ लाख लायन्स सदस्यहरु अप्रिलमा वृक्षारोपण गर्ने लक्ष्य रहेको भन्दै उनले लायन्स अब समुदायका विविध पक्षमा काम गर्ने बताए । यस वर्ष मानसिक स्वास्थ्य, वेस्ट म्यानेजमेन्ट, प्राङ्गारिक मलको प्रयोग गरि माटोको उर्वराशक्तिका बारेमा सचेतना जस्ता सामाजिक मुद्दामा पनि काम गर्ने लक्ष्य लिएको बताए । तिनाउ नदीको संरक्षण र पर्यटकीय विकासमा स्थानीय सरकारलाई थप सक्रियता देखाउनुपर्ने भन्दै उनले यसमा चासो दिन आग्रह गरे ।
प्रत्येक वर्ष विद्यालय परिसरमा फलफुलका बिरुवा वृक्षारोपण गरिदै आएको कार्यक्रममा संयोजक युवराज ढकालले बताए । यो वर्ष आप, एभोगाडा, जामुन, अमला र अनार लगायत १० वटा विरुवा लगाईएको उनले बताए ।
कार्यक्रममा डिष्ट्रिक चिफ एडभाइजर कुसुम राज ज्ञवाली, को–चिफ एडभाइजर हुमराज बश्याल, डिष्ट्रिक एडभाइजर बिनित भट्टराई, जोन चेयरपर्सन रितु गुरुङ र लोकराज भण्डारी, पिआरओ ईन चिफ घनश्याम घिमिरे, सचिव श्रीधर पोखरेलले लायन्सको अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित स्थानीय सहभागिता र वातावरणीय सचेतना बढाउने गरि कार्यक्रम गर्न सुझाव दिए । जनता माविमा हाल १८७ जना विद्यार्थीहरु र २० जना शिक्षक–कर्मचारी रहेका छन् ।