Butwal Today

नाउपा अध्यक्ष श्रेष्ठको विषयमा निर्णय आज

१४ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १४ साउन ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सोधेको स्पष्टीकरणमा तोकिएको समयसीमाभित्र कुनै जवाफ दिएकी छैनन्।

पार्टीको केन्द्रीय समिति बैठकले आइतबार अध्यक्ष श्रेष्ठलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको थियो। श्रेष्ठले स्वास्थ्य कारण देखाउँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बाँस्तोलालाई हस्तान्तरण गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो।

उनको उक्त निर्णयलाई लिएर पार्टीमा असन्तुष्टि चुलिएको छ। अध्यक्ष श्रेष्ठलाई स्पष्टीकरण दिन दिइएको समय मङ्गलबार सकिएको हो। तर, उनले त्यस अवधिभित्र कुनै जवाफ नदिएको अनुशासन समितिले जनाएको छ।

पार्टीभित्र विवादित बनेकी श्रेष्ठबारे आवश्यक निर्णय लिन नाउपाको राष्ट्रिय भेला बुधबारका लागि बोलाएको छ । श्रेष्ठलाई कारबाहीका लागि अनुशासन समितिले गरेको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?