ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

तराईमा दूध र मासु निर्यात गर्दै अर्घाखाँचीका कृषकहरू

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार
  • जिल्लाको १ लाख ७७ हजार जनसंख्यामध्ये १ लाख ४० हजार कृषि पेशामा आश्रित छन् ।

  • आ.व. २०७५/७६ मा ३१,८९८ मेट्रिक टन दूध उत्पादन भएको थियो । ६ वर्षमा १३.२२% वृद्धि हुँदै २०८१/८२ मा ३६,११५ मेट्रिक टन पुग्ने अनुमान ।

  • दूध गुल्मी, कपिलवस्तु, रुपन्देही, पाल्पा, प्युठानमा निर्यात ।

 

अर्घाखाँची, १४ साउन । 

अर्घाखाँची जिल्लामा मासु र दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाको कुल १ लाख ७७ हजार जनसङ्ख्या मध्ये १ लाख ४० हजार कृषिमा आश्रित जनसङ्ख्या छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका अनुसार ४५ हजार १९ कृषक परिवार सङ्ख्या रहेका छन् ।

आ.व. २०७५/०७६ मा ३१ हजार ८९८ लिटर मेट्रिक टन दूध उत्पादन भएकोमा ६ वर्षपछि अर्थात् आ.व. २०८१/०८ मा ३६११५ लिटर मेट्रिक टन दूध उत्पादन हुन लागेको छ ।

६ वर्षमा अर्घाखाँची जिल्लामा मात्रै दूध उत्पादन १३.२२ प्रतिशतले बढी उत्पादन भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख विष्णु पौडेलले जानकारी दिए ।

जिल्लामा ६ वर्षको तुलनामा मासु उत्पादन पनि बढ्दै गएको छ । ६ वर्ष अगाडि २९२७ किलो मेट्रिक टन मासु उत्पादन भएकोमा गत वर्ष ३७७३.२५ किलो मेट्रिकटन मासु उत्पादन भएको विज्ञ केन्द्रको तथ्याङ्क रहेको छ ।

६ वर्ष अगाडि अण्डामा पनि आत्मनिर्भर बनेको अर्घाखाँचीमा अहिले अण्डा उत्पादन भने घटेको छ । ६.६२ प्रतिशतले अण्डा उत्पादनमा कमी आएको हो । गत वर्ष ७७३८.२६ हजार गोटा अण्डा उत्पादन भएको हो, ६ वर्ष अगाडि ८२८७ हजार गोटा अण्डा उत्पादन हुने गरेको थियो ।  मासु र दूधमा अर्घाखाँची आत्मनिर्भर बन्दा अण्डा भने निर्यात गर्नुपरेको छ ।

अर्घाखाँचीमा ३६११५ वटा दूध दिने गाईभैसी रहेका छन् । जिल्लामा २४ कृत्रिम पोखरीमा माछा पालन व्यवसाय पनि सञ्चालन हुँदै आएको छ । मासुमा आत्मनिर्भर भएको अर्घाखाँचीमा उत्पादनलाई वृद्धि गर्न मालारानी गाउँपालिकामा बाख्रा श्रोत केन्द्रको स्थापना गर्नका लागि जग्गा खरिद भइसकेको छ ।

प्रस्तावित बाख्रा श्रोत केन्द्र वरिपरिको सरकारी सामुदायिक तथा निजी जग्गा ५०० रोपनी क्षेत्रफल बराबरको विवरण तयार गरी मन्त्रालयमा पेस भइसकेको छ, प्रमुख पौडेलले भने ‘मन्त्रालयबाट गठन गरिएको सम्भाव्यता अध्ययन समितिले जिल्ला स्थित सरोकारवाला निकायहरूसँग समन्वय गरी प्रस्तावित क्षेत्रको अवलोकन-अनुगमन गरिसकेको छ, मन्त्रालयमा प्रतिवेदन पेस गरिएको छ, यसको प्रक्रिया अगाडि बढाउँदै छौँ ।’

स्रोत केन्द्र स्थापना सँगै उत्पादनमा वृद्धि, उन्नत जातका बाख्रा पाइने हुँदा जिल्लाका कृषकलाई थप सहज हुन्छ ।अर्घाखाँचीमा उत्पादन भएको दूध र मासु तराईका जिल्लामा समेत खपत हुन्छ ।

दूध गुल्मी, कपिलवस्तु, रुपन्देही, पाल्पा र प्युठानमा निर्यात हुन्छ । मासुमा खसी बोका लुम्बिनी प्रदेश सहित काठमाडौँ सम्म बिक्रीका लागि पठाउने गर्छन् ।

अण्डा केही मात्रामा बाहिरबाट आयात भएको छ । बजारमा कुखुराको मासु किलोको ३ सय २०, खसी बोकाको किलोको ९ सय रूपैँयामा बिक्री भइरहेको छ । मासुका लागि चल्ला अर्घाखाँचीको शितगंगामा उत्पादन हुने गर्छ । अन्य चितवन र बुटवलबाट ल्याइन्छ ।

‘मासुका लागि अर्घाखाँची आत्मनिर्भर छ,’ पौडेलले भने ‘उन्नत जातका खसी बोका, पाडा, कुखुरा पाल्नका लागि फर्म दर्ता गर्नेलाई अनुदान दिएपछि उत्पादन बढ्दै गएको छ ।

भूगोलका आधारमा सबैभन्दा बढी क्षेत्रफल रहेको शितगंगा तराईका जिल्लासँग सिमाना जोडिएका कारण पनि उत्पादन भएको सामाग्री विक्री वितरण गर्नमा सहजता भएको र बजारीकरणका लागी नगरपालिकाले पहल गर्दै आएको नगरप्रमुख छविलाल पौडेलले बताए ।

शितगंगामा जताततै जङ्गलको क्षेत्रफल भएका कारण शितगंगा नगरपालिका बाख्रा पालनका उपयुक्त छ । शितगंगा पशुपालनसँगै कुखुरा पालन र तरकारी खेतीका लागी पनि उपयुक्त छ, नगरका योजना शाखा प्रमुख नुमलाल खनालले भने, गत वर्ष १० हजार खसी बोका नगरबाहिर निर्यात भएको हो ।’

उपयुक्त चरन क्षेत्र, बाख्रा पालनका लागि उपयुक्त वातावरण र विक्रीका लागि बजारको सहजताका कारण पनि कृषकहरू बाख्रा पालनमा आकर्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?