ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

अहिलेकै नेतृत्वबाट देश चल्दैनः चन्द्र भण्डारी

१६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर २०७९, शुक्रबार

गुल्मी, १६ मङ्सिर ।

नेपाली काँग्रेसका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले अहिलेको वर्तमान पार्टीका नेताहरुबाट देश चल्न नसक्ने बताएका छन् । परम्परागत सोंचले अब मुलुकमा उत्पन्न वर्तमान चुनौतीहरुको समस्या समाधान हुन नसक्ने उनको तर्क छ । उनले पुराना तथा पाका नेताहरुले अब विश्राम लिएर मुलुकलाई अघि बढाउन नयाँ नेतृत्वलाई अगाडि सार्नु पर्ने बताए ।

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले उक्त कुरा बताएका हुन् । देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा जानु पर्ने बताए ।

निर्वाचनको बेलामा नेतृत्वको विरोध गर्दा झन आफै माथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफु केही नबोलेको उनले प्रष्ट्याए । ‘अब निर्वाचन सकियो, काठमाडौ जान्छु र सबै मिडियाका अगाडि म नेतृत्वको विषयमा बोल्ने छु,’ नेता भण्डारीले भने ।

वर्तमान समयमा दलहरुले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा भिन्न भिन्न आँकलन र अडकलवाजीहरु चलिरहेको भन्दै नेता भण्डारीले नेपाली काँग्रेसले सबै दलहरुलाई मिलाएर अघि बढ्ने बताए । पहिलो काम भनेको गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढने बताए ।

पत्रकार भेटघाट कार्यक्रमममा भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ती मन्त्री बन्ने सोंच बनाउनु पर्ने बताए । पत्रकारहरुको जिज्ञासामा भण्डारीले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टी भित्र र गठबन्धनमा जोडिएका दलहरुसँग बसेर सहमति खोजिने जानकारी गराए ।

भण्डारीले गुल्मी जिल्लालाई विकास निर्माणको हिसाबले नमुना जिल्ला बनाउने गरी आफु अघि बढ्ने उद्घोष गरे । उनले गुल्मीमा विकास निर्माणको काम कछुवाको गतिमा अघि बढेको गुनासो समेत गरेका छन् । रेसुंगा नगरपालिकामा शुक्रबार कार्यालय प्रमुखहरुसँग अन्तत्र्रिmया गर्दै उनले विकास निर्माणको काममा तीब्रता दिन कार्यालय प्रमुखहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा गुल्मी क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा (२) का सांसद धनेन्द्र कार्कीले जिल्लाको विकासका लागि आफुले निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission