Butwal Today

हरिद्वारको मन्दिरमा भागदौड मच्चिँदा ६ को मृत्यु, २५ घाइते

११ श्रावण २०८२, आइतबार
अ+
अ-

हरिद्वार, ११ साउन ।

भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भाग दौड मच्चिएको छ ।

सो भाग दौडमा परी अहिलेसम्म ६ जना ऋदालु भक्तजनको मृत्यु भइसकेको छ भने ३५ जना घाइते भएका छन् ।

गढवाल डिभिजनका आयुक्त विनय शङ्कर पाण्डेले मन्दिरमा ठुलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए । उनका अनुसार उच्च भोल्टेजको बिजुलीको तार खसेको अफवाह पछि अचानक भाग दौड मच्चिएको हो ।

हरिद्वारमा भएको भाग दौडमा ६ जनाको मृत्यु भएको विषयमा एसएसपी प्रमेन्द्र सिंह डोभालले भने, ‘हामीलाई केही घाइते भएको जानकारी प्राप्त भएको थियो, त्यसपछि प्रहरीले तत्काल कारबाही गरेको थियो ।

करिब ३५ जनालाई अस्पतालमा ल्याइएको छ भने ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकीको उपचार भइरहेको छ।

सो मन्दिर सडकबाट १०० मिटर तलको सिँढीमा विद्युतीय झट्का लागेको हल्लाका कारण भाग दौड सुरु भएको प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।