© २०२३
पाल्पा, साउन ११ ।
पाल्पा जिल्लाको रामपुरमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
रामपुर नगरपालिका–२ सेराकी ५७ वर्षीया दानु कुमारी रावतको अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भई उपचारका क्रममा निधन भएको हो।
रावतलाई घर नजिकैको सामुदायिक वनमा स्याउला काट्ने क्रममा एक्कासि कालो अरिङ्गालले टोकेको थियो।
गम्भीर घाइते भएकी उनलाई रामपुर अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा लगिएको थियो । तर रावतको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार रावतको शवको पोष्टमार्टम गरी आज परिवारको जिम्मा लगाइएको छ।