© 2026
काठमाडौं , ११ साउन ।
कम्बोडिया र थाइल्याण्ड सीमा विवादका कारण चर्किएको तनावलाई समाप्त पार्ने उद्देश्यले युद्धविराममा सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै देश युद्धविराम गर्न राजी भएको जानकारी दिएका हुन्।
यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले प्रस्ताव गरेको युद्धविरामको स्वागत गरेका थिए। उनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग युद्धविराम सम्बन्धी छलफल गर्ने बताएका थिए।
कम्बोडिया–थाइल्याण्डबीचको सीमा विवाद पछिल्ला दिनमा गम्भीर रूप लिँदै गएको थियो। बढ्दो तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई आक्रमण गरेको आरोप लगाएको छ। दुई देशबीचको सैन्य झडपमा हालसम्म कम्तीमा ३० जनाभन्दा बढीको ज्यान गएको जनाइएको छ।
राष्ट्रपति ट्रम्पले दुवै देशबिच तनाव कायम रहेसम्म कुनै व्यापार सम्झौता नगर्ने चेतावनी दिएका छन्।