ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

साहित्यकार जयदेव गौतमको कृति ‘किताबको अंगालोमा’ को बुटवलमा परिचर्चा

१० श्रावण २०८२, शनिबार
१० श्रावण २०८२, शनिबार

बुटवल ।

पाल्पाका साहित्यकार जयदेव गौतमले लेखेको कृति ’किताबको अंगालोमा’को बुटवलमा परिचर्चा गरिएको छ ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा भएको परिचर्चा कार्यक्रममा पुस्तकको बारेमा तथा यसले उठाएको विषयहरुको बारेमा उल्लेख गरिएको थियो।

गौतमको चौथो पुस्तकको रुपमा प्रकाशित कृति ’किताबको अंगालोमा’ मा गौतमले आफुले पढ्ने क्रममा अध्ययन गरेका विविध विधाका कृतिहरुको समीक्षा गरेका विषयहरु यसमा समावेश गरेका छन् । २ सय ७५ पेज लामो पुस्तकमा विभिन्न ४२ कृतिहरुका सबल र दुर्बल पक्षहरुलाई पनि उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै प्राडा कपिल लामिछानेले साहित्यका दुई पाटोका बिचमा धेरैले नबुझेको बताउँदै साहित्यिक र समालोचनात्मक पाटोका आ आफ्नै क्षेत्र रहेको उल्लेख गरे।

कार्यक्रममा उनले यो पुस्तक समालोचनात्मक समीक्षा रहेको उल्लेख गर्दै अधिकांश समीक्षा र केहीको समालोचनात्मक सामाग्रीहरु लेखिएको बताए। लेखकले सबै विषय रुचिका नरहेकोले केहीको अलि लामो र केहीको छोटो समीक्षा गरिएको बताउदै उनले कृतिमा अन्तरवस्तु, प्रस्तुतिकरण, तथ्यगत त्रुटि, समाजमा पर्ने प्रभाव लगायत सबै कुराहरु समावेश गरेर उत्कृष्ट कृति तयार भएको भन्दै प्रशंसा गरे।

सो अवसरमा साहित्यकार ऋषिराम भुसाल, त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका प्रमुख डा टक पन्थ, माया घिमिरे र रामचन्द्र श्रेष्ठले पुस्तकको समिक्षा गर्दै ४२ कृतिको समिक्षा गरिएको बताउदै ती कृतिलाई पाठक सम्म पुग्नेगरी लेखिएको बताए । उनीहरुले गौतमले पाठकीय चेतनाको माध्यमबाट समीक्षा गरेर लेखेको कृति रहेको उल्लेख गरे।

यही असारमा बिमोचन भएको कृतिका लेखक गौतम शारीरिक अवस्थाताका कारणले अमेरिकामा उपचाररत रहेपनी उनको परिवारको सहयोगमा परिचर्चा गरिएको हो। कार्यक्रममा तारा गौतम,राजेन्द्र थापा लगायतले लेखकको अहिलेको अवस्थाको बारेमा बताउदै पुस्तक लेख्नुको अन्तर्य समेत प्रष्टाएका थिए।

साहित्यकार गौतमका विश्वकप फुटबल कथा एक गाथा अनेक, लक्ष्मणरेखाका दासहरौ निवन्द संग्रह, ती निला आँखा निवन्द संग्रह यस अघि प्रकाशन भएका छन् ।
लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषि आजाद तथा महासचिव पुरुषोत्तम पाण्डेले पनि पुस्तकका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?