© २०२३
काठमाडौं, ८ साउन।
थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपका कारण हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।
बीबीसीले थाइल्यान्डका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै एक सैनिकसहित ११ जना सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ।
थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणले ज्यान गुमाएका छन्। उबोन रत्चथानी प्रान्तमा एक जनाको मृत्यु भएको छ भने सीसाकेत प्रान्तमा सबैभन्दा बढी आठ जना सर्वसाधारणको ज्यान गएको पुष्टि गरिएको छ।
झडपमा परेर घाइते भएका १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
सीमा क्षेत्रमा उत्पन्न तनाव अझै कायम रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।