Butwal Today

सरकारी रोकलाई बेवास्ता गर्दै टेलिग्राम प्रयोगमा रूसी दूतावास

८ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ८ साउन ।

नेपाल सरकारद्वारा सामाजिक सञ्जाल टेलिग्राम औपचारिक रूपमा बन्द गरिएको भए पनि काठमाडौंस्थित रूसी दूतावासले भने अझै पनि उक्त सञ्जाल प्रयोग गरिरहेको छ।

दूतावासले एक सूचना जारी गर्दै आफ्नो आधिकारिक टेलिग्राम च्यानल सञ्चालनमा रहेको जानकारी गराएको हो। यद्यपि, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्रतिबन्ध लगाएका कारण त्यसको प्रयोगमा केही समस्या आउन सक्ने दूतावासले उल्लेख गरेको छ।

दूतावासद्वारा जारी सूचनामा भनिएको छ,‘दूतावासको आधिकारिक टेलिग्राम च्यानल सञ्चालन भइरहेको जानकारी गराउन चाहान्छौं,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘यद्यपि नेपाल दूरसञ्चार प्राधिकरणले सञ्जाललाई देशभित्र बन्द गरेको हुँदा केही समस्या उत्पन्न हुनसक्छ।’

यसका साथै, दूतावासले भिके, फेसबुक, इन्स्टाग्राम लगायतका अन्य सामाजिक सञ्जालमार्फत पनि सम्पर्क राख्न सकिने जानकारी दिएको छ।

नेपाल सरकारले गत शुक्रबारदेखि आधिकारिक रूपमा टेलिग्राम बन्द गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै अनलाइन ठगी तथा आपराधिक क्रियाकलाप टेलिग्राममार्फत भइरहेको जनाउँदै सञ्जालमा प्रतिबन्ध लगाएको हो।