ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

घरमै व्यवसायको बाटो खुलेपछि विदेश मोह घट्दै

६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

पाल्पा, ०६ साउन ।

रामपुर नगरका कृष्ण कुमार अर्याल जिल्ला मै सबै भन्दा धेरै भैँसी पालन गर्ने कृषक हुन् । उनी गत वर्ष फर्म व्यवस्थापनका लागि ऋण लिन बैङ्क तथा वित्तीय संस्थामा जग्गाको लालपुर्जा लिएर जानै परेन । उनलाई आवश्यक परेको २० लाख रुपैयाँ  बिना व्याजमा सहज रूपमा नगर सरकारको सिफारिसको आधारमा ऋण पाए ।

सदियौँ देखि तरकारी खेतीलाई आफ्नो जिवीकोपार्जन मुख्य माध्यम बनाएका गंगा प्रसाद बस्याललाई थप खेती बिस्तारको लागि लगानी थिएन । सात रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका बस्यालले यतिखेर १५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । स्थानीय सरकारले थप क्षेत्रफलमा खेती बिस्तारको लागि बिना व्याजमा कर्जा उपलब्ध गराएका कारण उनी यतिखेर व्यवसायीक तरकारी खेतीमा रमाएको बत्ताउँछन् ।

रामपुर नगर सरकारले युवालाई लक्षित गरेर आफ्नो गाउँ ठाउँमा उद्यमी गर्नेलाई बिना धितो बिना व्याजमा वित्तीय संस्था बाट कर्जा बापत ५० हजार देखि ३० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराए पछि बस्याल र अर्याल जस्ता नगर क्षेत्र भित्रका १ सय ५ जना पूर्ण रूपमा लाभान्वित भएका छन् ।

वैदेशिक रोजगार तर्फ आकर्षण बढेका बखतमा रामपुर नगर सरकारले वैदेशिक रोजगारको विकल्पमा उद्यमी विकास कार्यक्रम ल्याएपछि युवाहरूको वैदेशिक रोजगार तर्फ मोह न्यून हुँदै उद्यमी विकास कार्यक्रम तर्फ आर्कषीत हुँदै गएको हो ।

प्रवाह मल्ल घरायसी खर्चको व्यवस्थापनको लागि वैदेशिक रोजगारको लागि कतार पुगेको बताउँदै विदेशमा पनि कहाँ सुख छ र ? घर फर्किए पछि नगर सरकारको सहयोग भयो । त्यही सहयोग बाट पूर्वाधार निर्माण गरी २ हजार भन्दा बढी कुखुरा पालन गरेको उनी बत्ताउँछन् ।ठुलो लगानी गरी विदेशको राप र तापमा रगत र पसिना बगायो ।

ऋण तिर्न नसकेको हुन्छ त्यो भन्दा यही नै यही व्यवसायले आफूलाई विदेशमा भन्दा ठुलो सन्तुष्टि मिलेको उनले बताए ।
लुम्बिनी प्रदेश सरकारले वितरण गर्ने अनुदानमुखी कार्यक्रम भन्दा स्थानीय सरकारको यो कार्यक्रम निकै प्रभावशाली भयो । विदेशी भूमि बाट प्रविधि हासिल गरेका व्यवसायीक बाख्रा पालन कृषक नारायण प्रसाद भण्डारी भन्दछन् ।

व्यवसाय गर्ने सोंच इच्छा भएकाहरूका लागि नगर सरकार साँच्चि नै अभिभावक भएको छ । कृषि पशुपालन , व्यापार व्यवसाय गर्नेहरूका लागि लगानी भएन भनेर आत्तिनु नपर्ने भयो । स्थानीय सरकारले आफ्नो कर्तव्य पुरा गरेको उनले बताए ।

पछिल्ला वर्षहरूमा यहाँ केही हुँदैन भन्ने मानसिकता विकास भयो । कमै नगरी हुँदैन भन्ने धेरै भए ।काम गर्ने कम भए । यहाँ कृषि पशुपालनको सम्भावना रहेको छ । व्यवसायिक रूपमा भैँसी पालन गरेका कृष्ण कुमार अर्याल जिल्ला मै सबै भन्दा ठुलो भैँसी फर्म सञ्चालन गरेको बताउँदै भनी भन्दछन् पैसा त यही हावामा उडेको छ ।

समाउन जानु प¥यो । दुई वटा भैँसी पालेर दूध बिक्री गर्दा एउटा परिवारको राम्रो आम्दानीको बाटो हुने उनी आफ्नो अनुभव सुनाउँछन् ।  डिल बहादुर थापा जिल्ला कै उत्कृष्ट फूल खेतिका कृषक हुन् । फूल खेती गरिनु भन्दा पहिला वैदेशिक रोजगारका निम्ति सात समून्द्रपारी पुगेको बताउँदै वैदेशिक रोजगार बाट फर्किए पछि फूल खेतीको थालनी गरेपछि नगर सरकारको व्याज अनुदान कार्यक्रमले आफूलाई थप सहयोग भएको यस व्यवसायमा आफूलाई थप जिम्मेवारी बनाएको बताउँछन् ।

नगर सरकारका प्रमुख रमण थापा भन्दछन् युवाको मोह वैदेशिक रोजगारी तर्फ भयो । युवा जनशक्तिको श्रोतलाई स्वदेश मै उपयोग गर्नु पर्दछ । युवाको पनि अभिभावक बन्नु पर्दछ भन्ने उद्देश्यले युवालाई लक्षित कार्यक्रम ल्याइएको हो । यस कार्यक्रममा विदेश बाट फर्किएका युवा सहित राजधानी बनाएका युवा पनि कार्यक्रममा सहभागी हुँदा वैदेशिक रोजगारीको मोह घट्दो अवस्थामा रहेको उनले बताए ।

युवा लक्षित कायक्रमका संयोजक तथा कृषि शाखाका प्रमुख नारायण गैरे भन्दछन् । तरकारी, कुखुरा,बगुर बाख्रा भैँसी मौरी पालन व्यवसायमा नगर सरकारले कार्यविधि नै तयार गरेर प्रस्ताव अनुसार सिफारिस गरिनेछ । कार्य विधि अनुरूप १ सय ५ जना उद्यमीहरूका लागि १ करोड २२ लाख ६३ हजार ३ सय ७० रूपैयाको वित्तीय संस्थालाई व्याज बुझाउने गरेको छ ।

लुम्बिनी प्रदेश मै नयाँ र नौलो कार्यक्रम हो । यसका लागि प्रदेश सरकारले पनि स्थानीय सरकारका लागि थप आकर्षक सहयोग गरेको खण्डमा कार्यक्रम थप प्रभावकारी बन्ने र यही नै रोजगारीको अवसर सिर्जना हुने पशु स्वास्थ्य विद हुमनाथ अर्याल भन्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?