© 2026
पाल्पा, ०६ साउन ।
जिल्लाको माथागढी गाउँपालिकाको रहबासका ६० वर्षीय टेक बहादुर रानालाई ४० वर्षदेखि बाझिएको नशाको रोग निको होला भन्ने नै कल्पना नै थिएन । जिल्लाका मात्र नभएर काठमाडौँ सम्मका अस्पतालमा पुगेका उनले उपचारको क्रममा लाखौंं रुपैयाँ खर्चिए तर रोग निको भएन ।
अन्तमा निःशुल्क उपचारबाट आफ्नो नशा सम्बन्धीको रोग सदाका लागि अन्त्य भएकोमा उनी अहिले निकै खुसी छन् ।
तानसेन नगरको वडा नम्बर २ की यमकला कोइरालाको पनि कथा र व्यथा रानाको भन्दा कम थिएन । अन्त्यमा पाल्पा आयुर्वेदिक अस्पतालमा पूर्ण कर्म, पञ्च कर्म जस्ता उपचार पद्धति बाट उपचार गरेपछि रोग सदाका लागि रोग निको भएको उनी बताउँछिन् ।
नसर्ने रोगहरू मध्य नशा तथा हाड जोर्नी दुखाई सम्बन्धी बिरामीहरूका लागि अस्पतालले यस्तो प्रविधिबाट उपचारको सेवा थालनी गरेपछि लामो समय सम्म व्यथाले थालनी गरेका रोगी तथा बिरामीहरूका लागि यस्तो प्रविधि वरदानै साबित भएको तानसेन बजारका ६४ वर्षीय मोहन कक्षपती बताउँछन् ।
दैनिक रहन सहनका कारण नशा तथा हाड जोर्नीको समस्या देखा पर्ने रहेछ । समस्या देखा पर्न साथ ठुला ठुला अस्पतालमा विशेषज्ञ खोज्दै गयो यता रोग मौलाउँदै र झागिँदै जान्छ ।
उता उपचारको नाममा पैसा बढ्दै जान्छ । व्यथा बढ्दै गएपछि पैसा र समय साथ बिरामीमा पनि नकारात्मक असर पर्दो रहेछ । अन्त्यमा यही प्रविधि द्वारा बिना खर्च आफू निको भएको उनी आफ्नो अनुभव सुनाउँछन् ।
आयुर्वेद भन्ना साथ हेर्ने दृष्टिकोण पनि फरक थियो । यही अस्पतालमा ग्याष्टिकका रोगी अन्यत्र पैसा खर्च गरी रोग निको नभएकाहरू यहाँ आउने गर्दथिए ।
आजभोलि नशा तथा हाड जोर्नीको यो प्रविधि र पद्धति थपिए पछि दैनिक १ सय भन्दा बढी नशा तथा हाड जोर्नी समस्या भएको, उच्च रक्तचाप, मधुमेह, बाथ, युरिक एसिड, कमलपित्त (जन्डिस) का रोगी तथा बिरामी अस्पताल आउने गरेको पाल्पा आयुर्वेदिक अस्पतालका प्रमुख पशुपति बस्याल बत्ताउँछन् ।
अस्पतालको सेवा विस्तार भएपछि आफ्नो पनि दीर्घ रूपमा लामो समय देखि खट्टा झमझम गर्ने समस्याले आफू पीडित भएको बताउने स्थानीय पार्वती नेपाल पहिलो दिन पहिलो पटकको यो विधि बाट उपचार सुरुवात गरेपछि आफ्नो रोग पूर्ण रूपमा निको हुनेमा आफूमा आत्म विश्वास भएको उनी बताउँछिन् ।
आफू १६ वर्षको उमेर देखि रोगले समात्यो । काठमाडौँ बुटवलका कुनै अस्पताल पनि उपचार गर्ने क्रममा बाँकी रहेनन् । पैसा जति धामीलाई व्यथा हामीलाई भएकाले अन्त्यमा यही पञ्चकर्म पद्धति बाट रोग निको हुँदै गएको उनले बताइन् ।
पूर्ण कर्म भनेको प्रारम्भिक हो ।
एक हप्ता सम्म बाफद्वारा सेक्ने प्रविधि हो ।यस सँग सँगै नियमित रूपमा औषधी सेवन गर्दा गर्दै नभए पञ्च कर्म उपचार पद्धति हो । अन्य प्रकृतिका रोगी तथा बिरामी मध्य अधिकांशले अन्तिम उपचार केन्द्र बनाउँछन् भने केही कर्मैले मात्र यो अस्पताल लाई प्रथम केन्द्र विन्दु बनाउन लागेको पाल्पा आयुर्वेदिक अस्पतालका प्राविधिकहरू बताउँछन् ।
नशाको समस्याबाट ग्रसित भएर अन्त अन्त उपचार गर्दा गर्दा थाकेर यहाँ सेवा लिन आउनेको संख्या बढ्दो छ । गत आर्थिक वर्षमा पूर्व कर्म उपचारका लागि २ हजार ६८ जना महिला र ९ सय ९७ जना पुरुष गरी ३ हजार ७५ जना पूर्ण रूपले निको भएर गएको प्रमुख बस्यालले बताए ।
आयुर्वेद चिकित्सा भनेको हाम्रो प्राचीन पद्धति पनि हो । यस विषयमा जानकारी गराउन समुदायमा आधारित स्वास्थ्य कार्यक्रम समुदायमा लगेपछि आयुर्वेद चिकित्सा प्रति समुदायको विश्वास बढेका कारण अस्पतालमा रोगी तथा बिरामीहरूको संख्या बढेको हो ।
पछिल्लो समयमा रहन सहन, खानपानका कारणले उच्च रक्तचाप मधुमेहको रोगीको संख्या बढ्यो । यस्ता प्रकृतिको रोगी तथा बिरामीहरूको पनि अस्पतालमा सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा गुल्मी अर्घाखाँची, कपिलवस्तु दाङ स्याङ्जा हुँदै भारतको सीमावर्ती क्षेत्रबाट पनि उपचारको क्रममा आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।