Butwal Today

रूपन्देही–३ उपनिर्वाचन : निर्वाचन आयोगले सार्वजनिक गर्‍यो कार्यतालिका

४ श्रावण २०८२, आइतबार
अ+
अ-

रूपन्देही, ४ साउन ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन साँझ ५ देखि ७ बजेसम्म प्रारम्भिक नामावली प्रकाशित गरिनेछ।

असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ। त्यसको जाँचबुझ तथा निर्णय असोज २२ को ३ बजेदेखि असोज २३ को साँझ ५ बजेसम्म गरिनेछ। पुनः उम्मेदवारको नामावली असोज २३ गते साँझ ५ देखि ७ बजेसम्म सार्वजनिक गरिनेछ।

उम्मेदवारले नाम फिर्ता लिन असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म सकिनेछ। त्यसपछिको दुई घण्टाभित्र अन्तिम नामावली प्रकाशित गरिनेछ र निर्वाचन चिन्ह सोही दिन दिउँसो ३ बजेदेखि ६ बजेसम्म प्रदान गरिनेछ।

मतदान भने कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुनेछ। आयोगले उम्मेदवारीसम्बन्धी कानुनी प्रावधानसमेत स्मरण गराउँदै २०७९ को निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा परेका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ।

त्यस्तै, मतदान हुने ४८ घण्टा अघिदेखि (कात्तिक १४ गते राति १२ बजेदेखि) प्रचार–प्रसार निषेध अवधि लागू हुनेछ। सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मात्र मतगणना प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?