Butwal Today

शिक्षकका माग विधेयकमा समेटिएकाले अब अडान उचित छैन: सांसद सुमना श्रेष्ठ

४ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ४ साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकका अधिकांश माग समेटिएको हुदाँ अब थप अडान लिनु उचित नहुने बताएकी छिन ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद श्रेष्ठले शिक्षकहरुसँग भएको सहमति अनुसार नै विधेयकमा प्रावधानहरु समावेश गरिएकाले हालको अवस्थामा शिक्षकहरुले थप माग राखेर अडान लिनु उपयुक्त नहुने धारणा व्यक्त गरिन।

उनले विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न शिक्षकहरुलाई सुझाव दिँदै, उनीहरुको नाम र अनुहार देखाएर अन्य समूहहरूले विधेयकमाथि राजनीति खेल्न थालेकोप्रति चिन्ता व्यक्त गरेकी छिन । यसप्रकारको गतिविधिबाट सचेत रहन समेत शिक्षकहरुलाई श्रेष्ठले आग्रह गरेकी छिन ।

शिक्षा मन्त्रालयकै आग्रहका कारण विधेयक पारित प्रक्रियामा ढिलाइ भएको उल्लेख गर्दै, यस विषयमा सबै राजनीतिक दल गम्भीर हुनुपर्ने आवश्यकता रहेको सांसद श्रेष्ठको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?