© २०२३
काठमाडौं, ५ साउन ।
नेपालमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर एक लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले र शुक्रबार २ सय रुपैयाँले बढेको थियो। लगातार तेस्रो दिन पनि मूल्य बढेसँगै बजारमा सुन महँगिएको हो।
गएको वैशाख ९ गते सुनको मूल्य ऐतिहासिक रूपमा प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सर्वाधिक मूल्य हो।
यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्यमा आएको यो निरन्तर वृद्धि घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण भएको व्यवसायीहरुको भनाइ रहेको छ ।