ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने

२ श्रावण २०८२, शुक्रबार
२ श्रावण २०८२, शुक्रबार

काठमाडौं, २ साउन ।

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। बोर्डको कार्यकारी समितिको हालै सम्पन्न बैठकले बजेट पारित गरेको हो। बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीका अनुसार सुरक्षित, भरपर्दो र आकर्षक पर्यटकीय गन्तव्य विकास गर्दै अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छवि मजबुत बनाउने उद्देश्यले बजेट र कार्यक्रम तय गरिएको छ।

बोर्डले चालु आवमा पर्यटक आगमन कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ भने समग्र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विभिन्न योजनाहरू अघि सारिएको छ। प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार बजेट पर्यटन व्यवसायको प्रवर्द्धन, विदेशी मुद्रा आर्जन, रोजगारी सृजना र दिगो विकासमा केन्द्रित छ। यस वर्ष नेपाल–आसियन पर्यटन वर्ष २०२६ को प्रवर्द्धन, गुणस्तरीय पर्यटकलाई प्राथमिकता दिने र समग्र पर्यटन आम्दानीमा १५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिइएको छ।

बोर्डले ५० वटा स्रोत बजारमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, पर्यटन व्यवसायका लागि थप ५ हजार जनशक्ति उत्पादन गर्ने र २५ वटा नयाँ पर्यटकीय पूर्वाधार संरक्षण गर्ने जनाएको छ। कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गरिनेछ। भारतबाट सन् २०२४ मा ४ लाखभन्दा बढी पर्यटक आएका कारण दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ।

बजेटअनुसार, पर्यटन बजार व्यवस्थापन, जनसम्पर्क, अनुसन्धान, पूर्वाधार विकास, प्रादेशिक कार्यालय स्थापनादेखि विशेष प्रवर्द्धनात्मक कार्यक्रमसम्मका लागि स्पष्ट रकम विनियोजन गरिएको छ। ‘नेपाल: लाइफटाइम एक्सपिरियन्स’ नारालाई आधार मानी विश्वका प्रमुख मेलाहरूमा सहभागिता जनाइनेछ। अमेरिका, चीन, जापान, युरोप, भारत लगायत मुलुकहरूमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।

पोखरा ट्राभल मार्ट, पदमार्ग प्रवर्द्धन, साहसिक पर्यटन तालिम, पर्यटक प्रहरी तालिमजस्ता कार्यक्रम सञ्चालन गरिनेछ भने आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गरिनेछ। सुदूरपश्चिम, कर्णाली र पूर्वी नेपालका नयाँ गन्तव्यलाई प्राथमिकतामा राखिएको छ।

साथै, डिजिटल पूर्वाधार सुदृढीकरण, अनुसन्धान प्रणाली सुधार, विपद् व्यवस्थापन, जलवायु अनुकूलता, र ‘स्मार्ट टुरिज्म नेपाल’ अवधारणाको कार्यान्वयनमार्फत दीगो पर्यटन विकासको आधार तयार पारिने स्पष्ट गरिएको छ। प्रमुख कार्यकारी अधिकृत जोशीका अनुसार, “यो केवल बजेट होइन, नेपालको पर्यटन पुनर्जागरणको खाका हो,” जसले स्थानीय र अन्तर्राष्ट्रिय साझेदारीको माध्यमबाट दीगो र समावेशी पर्यटन विकासलाई गति दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?