Butwal Today

भ्रष्टाचारविरुद्ध सडकबाट प्रतिवाद गर्नुपर्ने अवस्थामा पुग्न सक्छौं : प्रचण्ड

१ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले गम्भीर मोडमा पुगेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले जहाँ हात हाल्छ, त्यहीँ भ्रष्टाचार देखिएको आरोप लगाए।

प्रचण्डले सुशासनको विपरीत दिशामा सरकार अगाडि बढिरहेको भन्दै देशलाई असफलतातर्फ धकेल्ने काम भइरहेको चेतावनी दिए। जनतासँगको सम्बन्ध मजबुत पार्दै श्रम, उत्पादन र न्यायका पक्षमा लाग्न सबैलाई आग्रह गर्दै उनले भ्रष्टाचारविरुद्ध जागरुक रहनुपर्ने बताए।

युवाहरूलाई संगठित गरेर मात्रै परिवर्तन विरोधी शक्तिमाथि विजय सम्भव हुने उल्लेख गर्दै प्रचण्डले सरकार जनअपेक्षा विपरीत चल्न थाल्दा सडकबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने चेतावनी पनि दिए। उनका अनुसार, खबरदारीको बाबजुद सरकार भ्रष्टाचारमा लिप्त रहिरहे जनताले प्रतिरोध गर्ने विकल्प बाँकी रहँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?