ट्रेंडिंग:

>> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन

गढवामा सेवा प्रवाह सुधारको माग 

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

लमही, ०१ साउन । 

गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मका कार्यसम्पादन, बजेट लगानी र खर्चको विवरण सार्वजनिक गर्दै बुधवार सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । आविष्कार मिडिया प्रालिको सहजीकरणमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीच प्रत्यक्ष संवाद भएको हो । कार्यक्रममा सहभागी अधिकांश नागरिकले पालिका र वडा कार्यालयहरूबाट प्रदान हुने सेवामा अझ प्रभावकारिता ल्याउन आग्रह गरे ।

सेवाग्राहीले विकास योजनाको भुक्तानी प्रक्रियामा झन्झट, कार्यालय समयमा जनप्रतिनिधि तथा कर्मचारीको अनुपस्थिति, अनुगमन अभावले सेवामा ढिलासुस्ती भएको गुनासो गर्दै सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न माग गरे। निर्माण व्यवसायी चित्रबहादुर रावत, नागरिक समाज संयोजक खगेशवर शर्मा, चेतनशील महिला समाज अध्यक्ष सकुन्तला डिसी, पत्रकार दीपक चौधरी, शिक्षक कमला पौडेललगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले पालिकाको कार्यसम्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत विषयमा प्रश्न र जिज्ञासा राखेका थिए।

प्रमुख जबाफदेही वक्ताका रूपमा अध्यक्ष पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, शिक्षा शाखा प्रमुख श्याम चौधरी, कृषि प्रमुख कर्ताराम यादव, महिला तथा बालबालिका प्रमुख प्रेरणा चन्द, स्वास्थ्य प्रमुख कैलाशचन्द्र चौधरी, इन्जिनियर शेषमणि पौडेल लगायतले नागरिकका प्रश्नको जवाफ दिए ।

कार्यक्रममा निम्न विषयमा नागरिकबाट विशेष कालाकाटे–गढवा हुलाकी सडकको कालोपत्रे आँखा अस्पताल (कोइलाबास) को भवन मर्मत भुक्तानी प्रक्रियामा सरलता आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवाबारेमा सेवाग्राहीले चासो राखेका थिए । त्यसै गरिशिक्षा क्षेत्रको गुणस्तर सुधार, शिक्षक दरबन्दी मिलानमा समन्वय, न्याय सम्पादन र विकास योजनाको प्रभावकारी अनुगमन गर्न माग राखे । अध्यक्ष पोख्रेलले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव र गुनासोलाई यथासम्भव आगामी कार्य योजनामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै पालिकालाई गुणस्तरीय, पारदर्शी र सुशासनयुक्त बनाउने दृढता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?