© २०२३
कर्णाली ।
कर्णाली प्रदेश सरकारले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार, बिहीबार प्रदेशका सबै सरकारी कार्यालय र सार्वजनिक संघ–संस्थाहरू बन्द रहने छन्।
यो बिदा यसअघि २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको निर्णयअनुसार दिइएको हो। साउने संक्रान्ति कर्णाली क्षेत्रको सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण पर्व मानिन्छ।