ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

सुनवलले सुधार्‍यो विद्यालय शिक्षा

१४ मंसिर २०७९, बुधबार
१४ मंसिर २०७९, बुधबार

नवलपरासी,१३ मंसिर ।

नेपालकै पहिलो बालमैत्री नगर घोषणा गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल जिल्लाको सुनवल नगरपालिका अहिले शिक्षा क्षेत्रमा पनि उत्तिकै सफलता हात पार्दै गएको छ । सामुदायिक विद्यालयको शैक्षिक अवस्था दयनीय रहेको बदनामी हुँदै आए पनि सुनवल नगरपालिकाले त्यो बदनामीलाई चिर्ने गरी प्रयासरत छ । त्यसको प्रत्यक्ष उदाहरण र अनुकरणीय अभ्यास प्रत्यक्ष देख्न र हेर्न पाईन्छ । शिक्षा क्षेत्रकै क्रियाशिलताले बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएको समेत नगरपालिकाका बालकल्याण अधिकारीको जिम्मेवारी पाएका तत्कालिन बालमैत्री घोषणा कार्यक्रमका संयोजक रेशम शर्मा बताउँछन् ।

“बालमैत्री बनाउनमा शिक्षा र स्वास्थ्य क्षेत्रको ठूलो योगदान रह्यो”–उनी भन्छन्,“त्यसमा पनि विद्यालय र शैक्षिक क्षेत्रको योगदान अतुलनीय रह्यो ।” नगरपालिकाको शिक्षा शाखा र नगरका विद्यालयहरु बालमैत्री बनाउनमा लागि परेका थिए । त्यो अभियानले नै अहिले शैक्षिक क्षेत्रमा फड्को मार्दै गएको छ । नगरपालिकाले बालमैत्री घोषणालाई कायम राख्न शिक्षा क्षेत्रमा लगानी पनि थपिदै जानु र शिक्षक अभिभावकको उत्साहपूर्ण कृयाशिलता शैक्षिक सुधारको आधार बनेको छ ।

बर्षेनी शिक्षा क्षेत्रमा नगरपालिकाले बजेट विनियोजन गर्दै सहभागिता बढाउँदै जाँदा स्थानीयको पनि शैक्षिक क्षेत्रमा लगानी बढ्न थालेको शर्मा स्वीकार्छन् । “सुनवल अहिले शैक्षिक क्षेत्रमा संख्यात्मसँगै गुणात्मक वृद्धिमा अभ्यासरत छ”–उनी भन्छन्, “यसको श्रेय शिक्षा शाखा र विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी र नागरिक समाजलाई पनि जान्छ ।” शिक्षा शाखाका अनुसार भौतिक पूर्वाधारमा पनि कम छैन । नगरभित्र कुल ३२ वटा सामुदायिक विद्यालय छन् ।

वि.सं.२०७४ सालमा स्थायी १ सय २७ जना, राहत करार ९३ जना र निजी स्रोतका १ सय ५३ जना गरी कुल ३ सय ७३ जना शिक्षक थिए । तर अहिले वि.सं.२०७८ सम्ममा आई पुग्दा १ सय ४९ स्थायी, करार राहत १ सय ३९ जना र निजी स्रोतका २ सय ६३ जना भएका छन् । कुल ५ सय ५१ जना शिक्षक संख्या पुगेको छ । नगरपालिका मातहत शिक्षा क्षेत्र आएपछि १ सय ७८ जना शिक्षक संख्या थप भएका छन् ।

त्यसैगरी वि.सं.२०७४ सालमा १ सय १९ वटा भवनका ४ सय ५१ वटा कक्षा कोठा थियो । अहिले पाँच बर्षको अन्तरालमा १ सय ५४ वटा भवनका ६ सय ४३ वटा कक्षा कोठा थपिएका छन् । ३५ वटा विद्यालय भवन थपेर १ सय ९२ वटा कक्षा कोठा थपिएका छन् । क्रमशः शौचालय पहिला १ सय १२ वटा थियो । त्यसमा ६३ वटा थपिएर अहिले १ सय ७५ वटा शौचालय भएको छ । विद्यालयमा कम्प्युटर प्रयोगशाला २०७४ सालमा १० वटा थियो, अहिले १६ वटा विद्यालयमा थपिएर २६ पुर्याइएको छ । विज्ञान प्रयोगशाला पहिला ५ वटा विद्यालयमा थियो, अहिले १० वटा विद्यालयमा थप गरेर १५ वटा विद्यालयमा पुर्याइएको छ ।

पहिले जम्मा १९ वटा पुस्तकालय थियो, अहिले १४ वटा थपेर ३३ वटा पुस्तकालय बनाइएको छ । यातायातमा २०७४ सालमा एउटा विद्यालयमा मात्र एउटा बस थियो, अहिले ८ वटा विद्यालयमा १० वटा बस र ११ वटा इरिक्सा गरी कुल ३० वटा यातायातका साधन थपिएका छन् । २०७४ सालमा २ सय ९९ वटा कक्षा कोठा रंग लगाइएको थियो ,अहिले प्रायः सबै कक्षा भवनका कक्षा कोठा कुल ५ सय ५१ वटामा प्लाष्टर र रंग समेत लगाई सकिएको छ ।

अधिकाँश विद्यालय बन्द कम्पाउण्ड बनिसकेका छन् । नगरपालिका भित्र देवकोटा माविमा अटोमोबाईल सिकाउने र रमवापुर माविमा कम्प्युटर सिकाउने गरी सिटिइभिटीको प्राविधिक शिक्षालय सञ्चालनमा छन् । नेपाल सरकारको प्राविधिक धारको जनसेवा माविले इन्जिनियरिङ अध्ययन समेत सञ्चालन गर्न थालेको छ । “यो सबै उपलब्धि स्थानीय तहमा शिक्षाको अधिकार प्राप्त भएपछिको हो”–शिक्षा शाखाका अधिकृत पशुपति भट्राईले भने–“जिल्लामै शैक्षिक सुधारमा फड्को मार्ने पालिका मध्येको सुनवल पालिका नै हो ।”

शिक्षा शाखाले नै प्रोत्साहन गर्दा अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि भरेका सबै विद्यालयले पार्न सफल भएको शिक्षा शाखामै कार्यरत रहेका शिक्षक रामप्रसाद ढकाल बताउँछन् । “विद्यालयमा भौतिक पूर्वाधारसँगै विद्यालय ब्यवस्थापन समितिमा बाल क्लबका प्रतिनिधिको उपस्थिती, पूर्ण दण्ड रहित शिक्षा, नमुना बालविकास, ५ वटा विद्यालयका बालविकास केन्द्रमा वाताअनुकुलित (एसी) सहितको कक्षा छ । नगरभित्रका सबै विद्यालय अहिले ७ कक्षासम्म सबै विद्यार्थी अंग्रेजी माध्यममै पठनपाठनको अवस्थाले छिमेकी रामग्राम नगरपालिका, पाल्हीनन्दन र सरावल गाउँपालिकाका विद्यार्थीको समेत आकर्षण अहिले सुनवलका विद्यालयमा भर्ना हुने क्रम बढेको छ ।

उनी थप्छन्–“यस बर्षको एसइई परीक्षा समेत ९ वटा विद्यालयका विद्यार्थीले अंग्रेजी माध्यममै दिएका थिए । यसरी शैक्षिक सुधारका लागि भौतिक संरचना मात्रै नभई गुणस्तरीय शिक्षालाई पनि प्राथमिकताका साथ अगाडि बढाएको छ ।” विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको आफ्नै नगरस्तरीय सञ्जाल गठन भएको छ । त्यसले पनि नगरको शैक्षिक सुधारको अभियान थालेको छ । अभिभावक, शिक्षकको क्रियाशिलता र नगरपालिकाले लिएको शैक्षिक विकास प्रतिको उत्तदायित्वका कारण नगरको सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि भएर अनुकरणीय बन्दै गएको नगरशिक्षा अधिकारी विष्णु गोतामेको भनाई छ । शिक्षालाई नै प्राथमिकतामा राखेर काम गर्न थालिएको नगर उपप्रमुख सुर्य दुबेले बताए । “नेपालमै शैक्षिक नमुनाको पालिका बन्न सक्छ, सुनवल नगरपालिका”–उनले भने । शैक्षिक सुधारको गतिले पुरै नगर कार्यपालिकालाई हौस्याएको नगरप्रमुख विमला अर्याल बताउँछिन् । “सबैले एक मत भएर काम गर्ने हो भने असम्भव भन्ने केही छैन्, जुन सुनवल नगरपालिकाका शिक्षक, अभिभावकले गरेर देखाएका छन्, त्यो अरुका लागि अनुकरणीय बन्न सक्छ”–उनले भनिन् ।

सामुदायिक विद्यालयमा भएको शैक्षिक सुधारका अभियानले नै अहिलेको एसईई परीक्षामा सहभागी विद्यार्थी ३.८८ जिपिएसम्म ल्याउन सफल भएका छन् । नगर भित्रका संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था अहिले सामुदायिक विद्यालयले पु¥याएका छन् । नगरपालिका भित्रका कुल ३२ वटा सामुदायिक विद्यालय मध्ये ८ वटा विद्यालयमा महिलाले नेतृत्व गर्नु पनि एउटा सफलताको कडी भएको नगरप्रमुख अर्याल बताउँछिन् । जसमा जया प्राविमा विष्णु उप्रेती, अरनिको प्राविमा रिता गैरे, महलपोखरी प्राविमा यानिसरा ढेंगा, जनज्योती प्राविमा राधिका अर्याल, वाल्मिकी प्राविमा सिता घिमिरे, चन्द्रोदय प्राविमा धममाया काफ्ले, निसानीदेवी प्राविमा बालकुमारी कुमाल र पञ्चरत्न प्राविमा विमला कुँवरको प्रधानाध्यापकको नेतृत्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?