ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

भैरहवामा औद्योगिक व्यापार मेलाको तयारी तीव्र

१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार

भैरहवा, १३ मंसिर ।

भैरहवामा संचालन हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को तयारी तीव्र पारिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवले भैरहवालगायत सिंगो रुपन्देहीको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । अहिले महोत्सव हुने स्थल अंचलपुरमा धमाधम संरचना निर्माणको काम भइरहेको छ । सचिवालय निर्माण सकिएको छ भने प्रवेशद्वार र मंच निर्माणको काम जारी छ ।

यस्तै, स्टलका लागि संरचना बनाउने र कुस्ती खेलका लागि माटो पट्याउने काम पनि सकिनै लागेको स्टल तथा स्थल व्यवस्थापन समिति संयोजक मंगल भण्डारीले जानकारी दिए । ‘हामीले रातदिन नभनी कामलाई तीव्रता दिएका छौं, छिट्टै मेलास्थलमा बन्ने सम्पूर्ण संरचना तयार हुनेछन्’, उनले भने । उनका अनुसार करिब ६० प्रतिशत काम सकिएको छ ।

महोत्सवस्थलमा संरचना निर्माणसँगै अहिले स्टल दर्ता गर्ने काम पनि धमाधम भइरहेको आयोजकले जनाएका छन् । संघका अनुसार अहिलेसम्म २ सय बढी स्टल दर्ता भइसकेका छन् । ‘स्टल दर्ताका लागि आउनेहरु कयौं हुनुहुन्छ, सोचेभन्दा धेरै व्यवसायीले मेलामा स्टल राख्न खेज्नुभएको छ’, संघका उपाध्यक्ष एवं स्टल दर्ता समिति संयोजक नेत्रप्रसाद आचार्यले भने, ‘धेरै व्यवसायी स्टल दर्ता गर्न आएको देख्दा हामी निकै उत्साहित छौं ।’ उनका अनुसार मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संचालन हुने उक्त महोत्सवमा विभिन्न उत्पादनका गरी २ सय ५० स्टलहरु रहनेछन् ।

लामो समय कोरोना महामारीले थला परेको उद्योग–व्यवसायलाई फस्ट्याउन र बजार चलायमान बनाउन महोत्सव कोशेढुंगा हुने अपेक्षा आयोजकले गरेका छन् । मेलालाई सफल बनाउन अहिले सहरदेखि गाउँबस्तीसम्म प्रचार–प्रसारको काम भइरहेको छ । ‘हामीले सहरी क्षेत्र र ग्रामीण इलाकालाई बराबरी प्राथमिकता दिएर प्रचार–प्रसारको काम गरिरहेका छौं’, महोत्सव प्रचार–प्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले भने, ‘जसले गर्दा महोत्सव भर्न आउने दर्शकको चाँप अत्यधिक हुने अपेक्षा छ ।’

घिमिरेले लामो समय भैरहवा क्षेत्रमा महोत्सव हुन नसकेकाले पनि यसपटक संघले आयोजना गरेको मेलामा दर्शकको घुइँचो लाग्ने विश्वास व्यक्त गरे । ‘हामीले प्रचार–प्रसारका क्रममा धेरै उद्योगी–व्यवसायी, सहरदेखि ग्रामीण क्षेत्रका स्थानीय र सर्वसाधरण मेलाप्रति उत्साहित देखिएको पाएका छौं’, घिमिरेले भने, ‘यसले पनि संघलाई प्रेरणा मिलेको छ । यस्ता व्यापार मेला निरन्तर गर्नुपर्छ भन्ने बल पुगेको छ ।’
‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा उद्योग बाणिज्य संघले महोत्सव गर्न लागेको हो ।

संघले आयोजना गर्न लागेको यो मेला आठौं संस्करण हो । ‘मेलामा स्थानीय उत्पादन प्रदर्शनीसँगै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने विद्यालयस्तरीय नृत्य प्रतियोगिता र भ्वाइस अफ भैरहवा प्रतियोगितासमेत आकर्षणका रुपमा रहेको छ’, मेला मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भने, ‘मेलाले रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा ब्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रका विभिन्न जातजातिका कला–सांस्कृतिकोे संरक्षण गर्दै मुख्यतः सिद्धार्थनगर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेका वस्तु तथा उत्पादनहरुको प्रदर्शनी तथा प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो ।’

महोत्सवले उद्योग तथा ब्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला हस्तकला र यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नुका साथै आन्तरिक एवं वाह्य पर्यटकको आगमनमा वृद्घि गराउन समेत भूमिका खेल्ने न्यौपानेले बताए । ‘मेलामा गौतमबुद्ध जन्मस्थल लुम्बिनीसँगै यससँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राम लगायतका क्षेत्रमा रहेका पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था समेत गराइनेछ’, उनले भने, ‘यसले आन्तरिक मात्रै नभई भारतीय पर्यटकलाई समेत आकिर्षत गर्ने छ ।’ मेलामा एकै स्थलमा थरिथरिका सामान खरिदविक्री गर्न र स्वाद चाख्न पाइने भएकाले पनि सर्वसाधरणको उल्लेख्य सहभागिता हुने विश्वास संघको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?