ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

ओभर लोड ट्रकलाई जरिवानाको भारी पनि…

पछिल्लो समयमा ओभर लोडका कारण बाटो मात्र नभई पुलहरू पनि बिग्रिँदै गएकोले रुपन्देही हुँदै देशका अन्य भागमा जाने मालवाहक ट्रकहरूलाई भन्सार विन्दुमै भार मिलान गरी लैजानुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।
२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

भैरहवा, २४ असार । 

सडकमा गुड्ने ओभर लोड गरिएका मालवाहक ट्रकहरूका कारण हुने सवारी दुर्घटना र सडकको दुर्दशालाई मध्यनजर गर्दै रुपन्देहीमा विशेष अभियान थालिएको छ । अभियान अन्तर्गत क्षमताभन्दा बढी भार बोकेका ट्रकहरूलाई धमाधम नियन्त्रणमा लिई जरिवाना तिराउने र आवश्यक कारबाही गर्ने कार्य भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

पछिल्लो समयमा ओभर लोडका कारण बाटो मात्र नभई पुलहरू पनि बिग्रिँदै गएकोले रुपन्देही हुँदै देशका अन्य भागमा जाने मालवाहक ट्रकहरूलाई भन्सार विन्दुमै भार मिलान गरी लैजानुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार जेठ ६ गते निर्णय नै गरेर भन्सार विन्दुमै भार मिलानको व्यवस्था गरिएको थियो । “२०७४ सालमा स्थानीय औद्योगिक कोरिडोरमा कच्चा पदार्थ बोकेका ट्रकहरूलाई नरोक्ने निर्णय भएको थियो, तत्कालको लागि त्यो व्यवस्था यथावत् राखी जिल्ला बाहिर जाने ओभर लोड मालवाहक ट्रकलाई कारबाही गर्ने निर्णय गरेका थियौँ ।”

प्रजिअ घिमिरेले भने “यसरी जिल्ला बाहिर जाने ट्रकहरू ओभर लोड भए तत्कालको लागि १० हजार जरिवाना काटेर जान दिइए पनि अहिले पल्टी नै गर्नुपर्ने बाध्यात्मक अवस्था बनाएका छौँ ।” उनले ग्यासका बुलेट, टुक्राउन नमिल्ने बस्तु, सिमेन्टको लागि प्रयोग हुने कच्चा पदार्थ लगायत पल्टी गर्न नमिल्ने बस्तुहरू बोकेका ट्रकलाई मात्र यातायात व्यवस्था कार्यालय बाट जरिवाना तिराएर जाने व्यवस्था मिलाएको उनले बताए । जेठमा यो अभियान चाले यता करिब ४ सय ट्रकलाई कारबाही गरी ४० लाख बढी राजस्व आम्दानी गरिएको उनको भनाइ छ ।

“क्षमताभन्दा बढी भार बोक्दा सवारीको सन्तुलन बिग्रने, ब्रेक फेल हुने र नियन्त्रण गुमाउने सम्भावना अधिक हुन्छ । यसका कारण मानवीय क्षति र भौतिक क्षतिको मात्रा पनि बढेको छ ।” उनले भने “पछिल्लो समय नेपालकै पुलहरूमा क्षति पुगेको पर्याप्त उदाहरणहरू छन् । अहिलेको यो अभियानले दुर्घटना न्यूनीकरण मात्र नभई नेपालीहरूलाई रोजगारीको अवसर सिर्जना गर्नेछ ।”

प्रजिअ घिमिरेले गृह मन्त्रालयको आदेश अनुसार यो नियम कार्यान्वयन गर्न जोड दिइएको बताए । उनले यो रुपन्देहीमा मात्र नभई अन्य जिल्लाहरूमा पनि कार्यान्वयनको चरणमा रहेकोले ओभर लोड नियन्त्रणमा सबैको सकारात्मक सहकार्य आवश्यक रहेको बताए ।  ट्राफिक प्रहरीले विभिन्न चेकपोइन्टहरूमा सवारीसाधनको भार क्षमता जाँच गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । ओभर लोड पाइएका ट्रकहरूलाई तत्काल रोकी जरिवाना तिराउने, बढी भएको भार घटाउन लगाउने र केही अवस्थामा नियन्त्रणमा लिने कार्य पनि भइरहेको छ ।

ट्राफिक प्रहरीले वैशाख यता ओभर लोड गरिएका ३ हजार ३ सय ३७ वटा सवारी साधनबाट ७२ लाख ७४ हजार जरिवाना असुल गरेको जनाएको छ । भारतबाट नेपाल प्रवेश गरेका ओभर लोड गरेका मालवाहक सवारी साधनका कारण नेपालका सडक संरचनाहरू बिग्रिँदै गएको कारण रुपन्देही प्रशासन भारतीय ट्रकको भार मिलानको लागि कडा बनेको छ ।

भारतीय गाडीलाई ओभर लोड छुट दिँदा नेपालमा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरू भाग्ने गरेको तथा सडक, पुल पुलेसाहरू भत्किने समस्या बढ्दै गएपछि ट्रक व्यवसायीहरूले ओभर लोडको दोहोरो मापदण्ड हटाउँदै नियन्त्रण गर्न माग राख्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयले भार मिलान सम्बन्धी निर्णय कार्यान्वयन गरेको कारण नेपाली ट्रक व्यवसायीहरूले रोजगार पाएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले बताए । गौतमले भएकै कानुन कार्यान्वयन नभइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भार मिलानको निर्णय स्वागत योग्य रहेको बताए । उनले यो निर्णयले नेपाली ढुवानी व्यवसायीहरूलाई स्वरोजगार बनाउनुको साथै नेपालका सडक संरचना जोगाउनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

“हाम्रो लामो समय देखिको आन्दोलन र माग बल्ल सम्बोधन भएको छ ।” गौतमले भने “निर्णयहरू यस अघि पनि भएका हुन् तर कार्यान्वयनमा आएनन्, अहिले गरेको निर्णय कार्यान्वयन हुनेछ भन्नेमा हामी आशावादी छौँ ।” सडक सुरक्षा र पूर्वाधारको संरक्षणका लागि ओभर लोड नियन्त्रण अपरिहार्य छ । जिल्ला प्रशासन कार्यालयको यो अभियानले सडकमा अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसका साथै, सम्बन्धित निकायले सडकको क्षमता र मापदण्डबारे स्पष्ट जानकारी गराई सोहीअनुरूपको ढुवानी प्रणाली विकास गर्नु आवश्यक देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?