Butwal Today

जवरजस्ती करणी गरेको अभियोग लागेका ६२ वर्षिय कार्की डेढ वर्षपछि पक्राउ

२३ असार २०८२, सोमबार
अ+
अ-

पाल्पा ,२३ असार । युवतीलाई जवरजस्ती करणी गरेको अभियोग लागेको एक पुरुष डेढ वर्षपछि पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले सुचना र सुराकीको आधारमा तानसेन नगरपालिका, तेल्घाका तारा बहादुर कार्की पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुनिल मल्लका अनुसार कार्कीले २०८० सालको पुष २० गते स्थानिय युवतीलाई जवरजस्ती करणी गरेको अभियोग रहेको बताए । २३ वर्षिय युवतीलाई जवरजस्ती करणी गरेका कार्कीलाई पिडीतकी आमाले दुई दिन पछि किटानी जाहेरी दिएकी थिइन् । अभियोग लागेका कार्की लुकीछिपी बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्तको खोजि गर्ने क्रममा सुचना र सुराकीको आधारमा तानसेन बजारको लहरे पिपल क्षेत्रबाट पक्राउ गरी जिल्ला अदालत बाट पाच दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको प्रकृया अगाडि बढाइएको सुचना अधिकारी मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?