ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

रोक लगाएका सडकमा निर्बाध गुड्छन् टिप्पर !

२३ असार २०८२, सोमबार
२३ असार २०८२, सोमबार

पाल्पा, २३ असार । 

मुलुक सङ्घीय संरचनामा प्रवेश गर्नु पूर्व जिल्ला विकास समितिले असार लागेपछि तीन महिना सम्म ग्रामीण सडकमा ट्याक्टर मुख्य राजमार्गमा टिप्पर सञ्चालनमा रोक लगाउँदै आएको थियो । एकात्मक शासन प्रणालीको अन्त्य भएसँगै तत्कालीन जिल्ला विकास समितिले गरेका यस्ता निर्णय अर्थहीन भएका छन् ।

स्थानीय सरकारले ग्रामीण क्षेत्रका कच्ची सडकमा सडक सुरक्षाका लागि ट्याक्टर सञ्चालनमा रोक लाग्दा १० टन क्षमताका राजमार्गमा २५ टन निर्माण सामग्री ढुवानी गर्ने टिप्पर भने बुटवल पाल्पा सडक खण्डमा निर्वाध रूपमा गुडिनै रहेका छन् । विशेष गरी सिमेन्टको कच्चा पदार्थ चुन ढुङ्गा नै हो । चुन ढुङ्गा खानी गत १५ गते देखि ३ महिनाका लागि बन्द भए पनि टिप्पर गुड्न बन्द नभएको स्थानीयहरू बताउँछन् ।

सडक क्षमता भन्दा बढी सामग्री राखेर दैनिक ठुलो सङ्ख्यामा टिप्पर गुडेका कारण बुटवल पाल्पा सडक खण्डमा पर्ने साना ठुला खोला माथिका पुल तथा कल्भर्ट ध्वस्त हुँदै गयो । यस विषयमा कसले ध्यान दिने हो तिनाउ गाउँपालिका दोभानका कृष्ण दर्लामी बताउँछन् ।

खानी त बन्द भयो तर टिप्परले निर्माण सामाग्री ढुवानी गर्दै छ । सडकको क्षमता भन्दा बढी ४० टन सामान राखेर ढुवानी गर्ने सवारीका साधन पनि छन् । उनीहरूका कारण राजमार्ग नै ध्वस्त भयो । सर्देवामा सञ्चालित सिजी सिमेन्ट, औद्योगिक घराना तथा सांसद विनोद चौधरीको लगानीमा सञ्चालित उद्योगमा ४० टन कोइला लिएर पाल्पा तर्फ आउँछ क्लिड्डर लिएर फर्कने गर्दछन् । कोइला बोकेका सवारीका साधनले बाटोका मोडहरूमा कोइला झर्दा बाटो नै कालो हुन्छ ।

यस्ता सवारीका साधनले सडक मात्र नभई पहाडै ध्वस्त भएको रिब्दीकोट गाउँपालिका खस्यौलीका कपिल खनाल बताउँछन् । पछिल्लो समयमा जिल्लाका धेरै ठाउँमा चुन ढुङ्गा खानी सञ्चालनमा आएका छन् । व्यापारी व्यवसायी, राजनैतिक दलका नेता सम्मका व्यक्तिको टिप्परमा लगानी भएका कारण वर्षा याममा समेत क्षमता भन्दा बढी यस्ता साधनहरू गुडेका छन् । पावर, सत्ता र शक्तिको आडमा वर्षादमा टिप्पर गुडाउने प्रतिनिधि सभा सदस्य देखि राजनैतिक दलका जिम्मेवारी निकायमा रहेका व्यक्ति सम्म रहेका छन् ।

राजनैतिक तथा सडक सुरक्षाका लागि सङ्घीय सरकारले यातायात व्यवस्था विभागले सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी क्षमता भन्दा बढी भार वहन सवारीका साधन लाई कारबाही गर्न केही दिन अगाडि पत्राचार गरेको थियो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले क्षमता भन्दा बढी भार वहन माल बाहक सवारीका साधनलाई कारबाहीको दायरामा ल्याउने बताउँदै राजमार्गमा गुडेका टिप्परको अन विज्ञता प्रकट गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?