© २०२३
बुटवल, १३ मंसिर ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म ६ वटा राजनीतिक दलले थ्रेस होल्ड पार गरेका छन् । अहिलेसम्म गणना भएको ९५ लाख ४३ हजार ४६३ सदर मत मध्ये नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले ३ प्रतिशत थ्रेस होल्ड पार गरेका हुन् ।
एमालेले हालसम्म २५ लाख ७६ हजार ९२५ मत प्राप्त गरेको छ भने काँग्रेसले २४ लाख ४६ हजार ३५१ मत पाएको छ । त्यस्तै माओवादी केन्द्रले १० लाख ९४ हजार ९०२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६८६ मत प्राप्त गरेको छ । त्यस्तै राप्रपाले ५ लाख ५० हजार ४३७, जसपाले ३ लाख ५५ हजार ६६७ मत पाएका छन् । त्यसैगरी थ्रेस होल्डको नजिकै रहेको जनमत पार्टीले २ लाख ९५ हजार २१८ मत ल्याउँदा एकीकृत समाजवादीले भने २ लाख ६३ हजार ७३९ मत ल्याएको छ ।
एक करोड १० लाख मत खसेकोमा एक करोड ६ लाख मत सदर भएको अनुमान गरिएको छ । जसमा थ्रेस होल्ड पार गर्न करिव ३ लाख २० हजार मत प्राप्त गर्नुपर्छ ।