ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण

गढवामा एक वर्षमा १२१ वटा उजुरी 

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

गढवा, २१ असार ।

गढवा गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ को असार १९ गतेसम्ममा जम्मा १२१ वटा उजुरीहरू दर्ता भएका छन्। पुराना आर्थिक वर्षहरूबाट २७ वटा उजुरीहरू बाँकी रहेका थिए भने यो आर्थिक वर्षमा मात्र ९४ वटा नयाँ उजुरीहरू आएका छन् । उजुरीमध्ये हालसम्म ८१ वटा उजुरी फर्छ्यौट भइसकेका छन् भने ४० वटा उजुरीहरू अझै प्रक्रियामा रहेका छन् ।

विवादको प्रकार अनुसार हेर्दा, विवाह सम्बन्धी विवादमा ४ वटा उजुरी दर्ता भएका थिए, जसमा २ वटा फर्छ्यौट भइसकेका छन् भने २ वटा अझै बाँकी छन् । जग्गा विवादमा सबैभन्दा बढी ३८ वटा उजुरी परेका थिए, जसमा ३४ वटा फर्छ्यौट भइसकेका छन् र ४ वटा बाँकी रहेको पालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताइन् । त्यस्तै, अंश विवादमा ३३ उजुरीमध्ये १२ वटा मात्रै फर्छ्यौट भएको र २१ उजुरी अझै बाँकी रहेको देखिन्छ ।

लेनदेन सम्बन्धी विवादमा ३० उजुरी दर्ता भएका थिए, जसमा २४ वटा फर्छ्यौट भएका छन् भने ६ वटा अझै बाँकी छन् । विविध प्रकारका विवादमा १६ उजुरी दर्ता भएका थिए, जसमा ९ वटा फर्छ्यौट भइसकेका छन् भने ७ उजुरी प्रक्रियामा रहेको बताइन् । यस्तै, २६ वटा उजुरीहरू अन्य निकायमा सिफारिस गरिएको छ भने २३ वटा उजुरीहरू आपसी मेलमिलापबाट टुङ्ग्याइएको गाउँपालिकाले जनाएको छ। २१ वटा उजुरीहरू आदेश तथा निर्णयमार्फत (डिसमिस वा टामेली) फर्छ्यौट भएका छन् ।

स्थानीय तहमा रहेका विवाद समाधान गर्नका लागि सञ्चालनमा ल्याइएको न्यायिक समितिको कार्यक्षमता प्रभावकारी देखिएको छ । उजुरीहरूको सङ्ख्या र फर्छ्यौट दरलाई हेर्दा, स्थानीय न्याय प्रणालीप्रति नागरिकहरूको विश्वास बढ्दो रहेको सङ्केत पनि देखिन्छ ।गढवा गाउँपालिकाको न्यायिक समितिले संविधानको धारा २१७ बमोजिम गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन भई विवाद समाधानमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार गठित समितिमा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी संयोजक रहने गरी वडा नं. १ का सदस्य देविलाल थारु कुमाल र वडा नं. ७ का वडा सदस्य रेखा कुमारी थापा सदस्य रहेका छन् ।यस समितिले गाउँपालिका स्तरमा देखिएका विभिन्न सामाजिक, पारिवारिक, आर्थिक तथा सानातिना मुद्दा र विवादहरू स्थानीय तहमै समाधान गर्न निरन्तर प्रयास गर्दै आएको छ । समितिको नियमित बैठक, मेलमिलाप प्रयास, पीडितको उजुरी सुन्ने, कानुनी सल्लाह दिने, पक्षहरूलाई वार्तामार्फत सहमति गराउने लगायतका काम प्रभावकारी ढंगले अगाडि बढाइएको छ ।

समितिले छिटोछरितो न्याय सम्पादनका लागि हप्तामा दुईपटक सोमबार र बिहीबार नियमित रूपमा छलफल गर्दै आएको छ । प्राप्त उजुरीहरूलाई तदारुकताका साथ छलफल गरी मेलमिलापमार्फत टुंगो लगाउने प्रयास भइरहेको छ । पीडित पक्षलाई सहजै उजुरी दिने वातावरण सिर्जना गर्नेसँगै, आवश्यक कानुनी सल्लाह र जानकारीसमेत प्रदान गरिएको छ । समितिले जातीय, लिङ्ग, धर्म, वर्ग र समुदायजन्य विषयमा समेत निर्णय तथा सिफारिसहरू गर्दै आएको छ ।

विशेष गरी महिला, दलित तथा सीमावर्ती समुदायका प्राथमिकतामा परेका मुद्दालाई गम्भीरताका साथ सम्बोधन गरिएको छ ।शुक्रबार गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा पत्रकारहरू संग भेटघाट तथा न्यायिक समितिको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १० बर्ष सम्मको बिबाद मेलमिलाप बाट समाधान गरेको न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिइन । कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, न्यायिक समिति सदस्य देवीलाल थारु कुमाल, रेखा थापा, उजुरी प्रशासक शुरेस पौडेल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?