© २०२३
पाल्पा, २० असार ।
तानसेन नगरपालिका ५ को पान विष्टको घरमै खानेपानी आएपछि हर्षित भएको । उनले १५ वर्षको प्रतीक्षापछि घरमा खानेपानी आइपुगेको भन्दै विष्ट खुसी भएकी छन् । उमेरले नेटो काटिसकेकी विष्टले अब एक घण्टा लगाएर पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको भन्दै स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए । विष्टले भने “एक वर्ष अगाडी खानेपानी आउछ भनेर कुलो खन्ने काम पनि गरियो तर आएन ,अहिले वडा र तानसेन नगरपालिकाको पहलमा तानसेन खानेपानी उपभोक्ता समिति तानसेनले घरमै पानी ल्याइदिएको छ खुसीको सीमा छैन ।”
पान विष्टको घरमा खानेपानीको धारा खोलेर उद्घाटन गर्दै तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सींजालीले वडा नं ५ का सम्पुर्ण नागरिकलाई मात्र नभएर नगरबासिका घरमा खानेपानी पुराउन पहल गर्ने बताउनुभयो । सींजालिले हिजोको अवस्था र आजको अवस्थामा परिवर्तन हुदै गएको बताउँदै खानेपानीको अभाव र समस्या हट्दै गएको र आजको दिनमा अझै शसक्त भएर उपभोक्ता समिति लागेकोले नागरिकका घरमा पानी लैजान सकिएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै तानसेन नगरपलिकाका प्रवक्ता यादव सिंह कार्कीले ‘एक घर एक धारा’ अभियान अन्तर्गत तानसेन नगरपालिका भित्र कुनै पनि सर्वसाधारणले खानेपानीको कारण समस्या भोग्न परेको गुनासो सुन्न नपर्ने गरी तानसेन नगरपालिका लागेको र यसमा सहकार्य गर्दै तानसेन खानेपानी उपभोक्ता समिति तानसेनले राम्रो काम गरेको बताए । यस्तै प्रवक्ता कार्कीले सरकारले पनि खानेपानीलाई प्राथमिकता दिएर बजेट व्यवस्था गर्दै आएको र नागरिक पनि सक्रिय भएमा समयमा नै यस्ता योजना सम्पन्न हुने जानकारी दिए । कार्कीले भने “समितिले उपभोक्ताको सहजको धारा जडान देखि खानेपानी वितरण लागि अत्यन्त सह्रानीय काम गरेको छ यसको साथै दीर्घ रोगी तथा अङ्गभङ्ग भएका उपभोक्ता कै लागि कल्याणकारी कोष स्थापना गरी सेवामूलक र पुण्य कामको सुरुवात गरेको छ ।”
तानसेन नगरपालिका वडा नं ५ का अध्यक्ष राम बहादुर रावलले बोल्दै पहिले जस्तो धारा पाउन ४ महिना ६ महिना कुर्न नपर्ने भएकाले आवश्यक परेका जोकोहीले गएर निवेदन दिन सक्ने र आठ दश दिनमै धारा पाउने बताए । रावलले पहिले काकाकुल अवस्थाबाट गुज्राएका हामी घरमा खानेपानी आउँदा हर्षित छौ । यस्तै तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले खानेपानीको खोजीमा नागरिकलाई भतारिनु नपर्ने अवस्थामा पु¥याउन आफू सक्रिय रहेको बताए । पाल्पा तानसेनका नागरिक अझै पनि खानेपानी खोज्न हिँड्नुपर्ने बाध्यता रहेको भन्दै अब त्यस्ता दिन अन्त्य हुँदै जाने बताए ।
उपभोक्तालाई आफ्नो योजना सम्झेर यसको संरक्षण र मर्मतमा ध्यान दिन श्रेष्ठको अनुरोध छ । स्थानीयको मागको आधारमा नागरिकको घरमा खानेपानी वितरण गर्दै आएको बताउँदै पान विष्टको घरमा सिस्नेको खानेपानी पु¥याइएको जानकारी दिए ।गुणस्तरसहितको आयोजना भएकाले शुद्धीकरणसहित उपभोक्ताको घरमा खानेपानी पुगेको खानेपानी तानसेन खानेपानी उपभोक्ता समिति तानसेनका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको भनाई छ ।
यस्तै समितिका सचिव खानेपानी समस्या समाधानमा तानसेन नगरपालिका सहयोग गरेको र ठुला आयोजनाका लागि प्रदेश र सङ्घीय सरकारमार्फत सहयोग लिएर काम गरिरहेको जानकारी गराए । नागरिकलाई खानेपानीको अभाव हुन नदिन सिंगो टिम सक्रिय रहेको उनको भनाइ छ । अनुगमन तथा मूल्याङ्कन उपसमितिका संयोजक रेनुका बस्यालले स्थानीय सरकार,स्थानीयवासी ,जिल्ला प्रशासन तथा कर्मचारीको सहयोेगमा खानेपानीको मुहानहरू संरक्षण गर्दै आएको बताए ।