ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

उपभोगमाथिको बौद्ध दृष्टिकोण र सन्देश

२० असार २०८२, शुक्रबार
२० असार २०८२, शुक्रबार

कौशम्बीका राजा थिए उदयन । रानीले भिक्षु संघलाई दान गर्ने विचार गरिन् । राजाको सहभागितामा रानीले बुद्धसंघलाई पाँचसय च्यादर दान दिइन् । राजाले दान लिन आएका भिक्षु आनन्दसहित सबैको उचित सत्कार गरे । ती बस्त्रहरूलाई बाहनमा हालेर पठाउने व्यवस्था पनि गरिदिए । आनन्द त्यहाँबाट हिड्नै लाग्दा राजाले सोधे, “यति धेरै च्यादरको के काममा उपयोग हुन्छ भन्ते ?” “जुन भिक्षुको चिवर फाटेको छ, यसबाट उनीहरूलाई चिवरको रूपमा वितरण गरिनेछ ।” आनन्दले जवाफ दिए । प्रश्न उत्तरको सिलसिला अगाडि बढदै गयो । उदयनले सोध्दै गए र आनन्दले उत्तर दिदैरहे । भिक्षुहरूको फाटेको पुरानो चिवरलाई के गर्नुहुन्छ ? त्यसबाट ओछ्याउने च्यादर बनाइन्छ । ओछयाउने फाटेको च्यादरलाई के गर्नुहुन्छ ? त्यसबाट छानेर सिरानी बनाइन्छ ।

फेरि पूरानो सिरानीलाई के गर्नुहुन्छ ? त्यसलाई जोड–जाड गरेर झाडु–पोछाको रूपमा प्रयोग गरिन्छ । पूरानो झाडु–पोछालाई के गर्नुहुन्छ ? त्यसलाई बिहारको छाना र भित्ताहरूमा लगाउने लेपनका रूपमा उपयोग गरिन्छ । महाराज उदयनलाई बुद्धसंघको उपभोगसम्बन्धि अर्थनीतिले निकै प्रभाव पा¥यो । त्यसपछि उनले आफ्नो राज्य व्यावस्थामा त्यस्तै किसिमको मितव्ययिता अपनाउने आज्ञा दिए । बौद्धदृष्टिमा उपभोगलाई अथ्र्यायने सही उदाहरण हो यो । आधुनिक अर्थशास्त्रले पनि उपभोग भनेको आवश्यकताहरू पूरा गर्नका लागि वस्तु तथा सेवाहरूमा रहेको उपयोगिता नष्ट गर्ने कार्यका रूपमा अथ्र्याएको छ । जबसम्म वस्तु तथा सेवामा उपयोगिताको गुण कायम रहन्छ, तबसम्म त्यस्ता वस्तु तथा सेवाहरूले उपयोगिता दिने भएकाले तिनको सदुपोयोगिताको निम्ति सचेत हुनुपर्दछ भन्ने सन्देश माथिको कथाले दिएको छ ।

बौद्ध विचारमा उचित स्तरको उपभोगलाई खुशी र सन्तुष्टिको श्रोत मानिन्छ । अर्काेतिर अत्यधिक उपभोगलाई भने हानिकारक मानिन्छ । तसर्थ उपभोग जहिले पनि संयमित र विवेकपूर्ण हुनु जरुरी छ । बौद्धहरू उपभोगको विरोधी होइनन् तर सचेत वा सावधानी पूर्ण उपभोगमा बौद्ध दर्शनको जोड रहेको छ । बौद्ध विचरमा तीन प्रकारको वस्तुबादको व्याख्या गरिएको छ । भौतिक, शारीरिक र आध्यात्मिक । बौद्ध धर्मले भौतिक वस्तुहरूको लागि आफ्नो चाहना र संलग्नतालाई कम गर्नुपर्नेमा जोड दिन्छ । यसैगरी न्यूनतम शारीरिक आवश्यकताहरू पूरा भएपछि मात्र आध्यात्मिक लाभ लिन सकिने कुरामा पनि जोड दिन्छ ।

एक दिनको कुरो हो । गौतमबुद्ध आलवी भन्ने प्रदेशमा विहार गरी उपदेश दिइरहनु भएको थियो । त्यहाँ निकै नै मानिस जम्मा भैरहेका थिए । बुद्धले प्रथमतः त्यहाँको परिस्थिति र त्यहाँका मानिसहरूको स्वभाव बारेमा अध्ययन गर्नुभयो । मेरो उपदेश बुझ्नसक्ने कोही होला कि भन्ने विचार गरी हेर्नुभयो । केवल एम कृषक मात्र वहाँको उपदेश बुझ्नसक्ने देखा परे । तर भोकले उनको मानसिक सन्तुलन स्थिर थिएन । उपदेश सुन्न उनी ज्यादै उत्सुक थिए । तर मनमा खाली खानेकुराको मात्र चिन्ता भइरहेकाले उनले उपदेश ग्रहण गर्न सकिरहेका थिएनन् ।

बुद्धले उनको मनको भाव जानी त्यहाँ उपस्थित समुहसँग सोध्नु भो ‘यहाँ कसैसँग खाने पिउने केही वस्तु छ ?’ यदि छ भने त्यो छेउँमा बसिरहेका सज्जनलाई खानेकुरा दिनुहोस । मानिसहरू सबै छक्क परे । उपस्थित मध्ये कसैले सोधे ‘भन्ते, किन तपाईंले यस्तो आज्ञा गर्नु भएको ?’ बुद्धले भन्नुभयो— ‘हो, ती व्यक्ति धर्मबोध गर्नसक्ने खाले हुन्, तर आज उनको बिहानदेखि नै एउटा गोरू हराएर खाँदै नखाई खोज्न जानु परेकाले उनलाई थकाइ लाग्यो, भोक पनि ज्यादै नै लागिरहेछ । उपदेश सुन्न पनि उनलाई ज्यादै इच्छा छ, तर भोक लागेकाले उनले मेरो उपदेश बोध गरेर लिन नसक्ने भएका छन् । उनको मनमा शान्ति छैन ।’

बुद्धले ती व्यक्तिलाई भोजन गराउनु भयो र भोजनपछि ती व्यक्तिले आनन्दले बुद्धको शिक्षा ग्रहण गरे र थप तृप्त भए । भोकोे पेटले उपदेश पनि ग्रहण गर्न सक्दैन । त्यसैले जीवनका लागि भोक वा उपभोग अनिवार्य छ । तर त्यो आवश्यकताको आधारमा र विवेकपूर्ण रूपमा गरिएको हुनु पर्दछ भन्ने बुद्धको मान्यता थियो । बुद्धले उपभोगमा इन्द्रिय प्रभाव हुने कुरा गर्नु भएको छ । जस्तो कि हामीले हाम्रो आँखा र कानबाट जुन कुरालाई हाम्रो दिमागमा लिन्छौं, त्यही कुराले हाम्रो मनस्थितिमा प्रभाव जमाउने गर्दछ । बुद्ध धर्मले हाम्रा यी इन्द्रियहरूलाई जोगाउने र अनुशासित बनाउने प्रयास गर्नुपर्ने कुरा सुझाउँ छ । हामी कुन चलचित्रहरू हेर्र्छौँ, कुन पुस्तकहरू पढ्छौं र हामी कुन छविहरू निग्रह गरिरहेका छौं । तिनै कुराहरूले हाम्रो मन र मस्तिस्कलाई उपभोग गर्न प्रेरित गर्दछ ।

त्यसैले गहिरो र कट्टर अभ्यासका साथ सचेत भई गरिने उपभोग नै जीवनको आवश्यकता बन्दछ । हाम्रो उपभोक्तामुखी संस्कृतिले हामीलाई निरन्तर इच्छाहरूपूर्तिका लागि संघर्षमय जीवन विताउन प्रोत्साहन गरेको छ । हाम्रा चाहनाहरू यसरी अनियन्त्रित रूपमा बढ्दै गइरहेका छन् । तिनको परिपूर्तिका लागि हामीले जीवनको कति गुणस्तर त्याग्यौं, हामीले कति मानसिक शान्ति गुमायौँं, हामीले हाम्रो परिवारसँगको कति रमाइला पलहरू सँगै विताउन पाएनौँ भन्ने कुराको ध्यान दिएका छैनौँ । ब्रान्डेड जुक्त, ब्रान्डेड घडी, लुगा, बाइक, कार, घर, घडेरी यस्तै कुराहरू जोड्नमै हाम्रो सारा जीवन व्यतित भइरहेको छ । जीवनको मिठास प्राप्त गर्न रगत पसिना बगाइरहेका छौँ । जीवनभर यस्तो कठिन परिश्रमबाट प्राप्त भएका भौतिक सम्पन्नताहरूले उमेर पुगेपछि हामीलाई केवल खल्लो मात्र दिन्छ । किनकि त्यतिसमयसम्म हामी सुगर वा प्रेसर वा डाइबेटिज वा यस्तै दीर्घ रोगबाट ग्रस्त भइसकेका हुन्छौँ । त्यसपछि भने बल्ल हामीलाई लाग्छ कि हाम्रो हातबाट समय फुत्किसकेको छ । जीवनको मिठास गुमिसकेको छ ।

सही सम्यक आजीविका (सजीविकोपार्जन) बुद्धको महान अष्टाङ्गिक मार्गहरूमध्ये एक हो । यसले मध्यम मार्गलाई इंगित गरेको छ । बुद्धको यस शिक्षालाई अर्थशास्त्रमा पनि प्रयोग गरियो र आज त्यो बौद्ध अर्थशास्त्रको रूपमा विकसित भएको छ । इ.एफ. शुमाकरले ‘स्मल इज ब्यूटिफुल’ नामक पुस्तकमा पहिलो पटक बौद्ध अर्थशास्त्रको अवधारणा प्रस्तुत गरेका हुन् । बौद्ध अर्थशास्त्रले मानव चाहनाको गुणको सट्टा चरित्र शुद्धीकरणमा ध्यान केन्द्रित गर्दछ । यसले तृष्णाको सट्टा मानिसहरूलाई पूर्णतया तर्कसङ्गत आर्थिक व्यवहार गर्न उत्प्रेरित गर्दछ ।

शुमाकरले भनेजस्तै, आधुनिक अर्थशास्त्रले उत्पादनको अधिकतम् ढाँचाद्वारा उपभोगलाई अधिकतम बनाउने प्रयास गर्छ, जबकि बौद्ध अर्थशास्त्रले उपभोगको न्यूनतम् ढाँचाद्वारा मानव सन्तुष्टिलाई अधिकतम् बनाउने प्रयास गर्छ । महङ्गो आयात उपभोग गर्नुको सट्टा, हामी आत्म–सन्तुष्टि र उत्पादकता प्रवर्धन गर्ने गतिविधिहरूमा ध्यान केन्द्रित गर्न सक्छौं । उदाहरणका लागि, सङ्गीत बनाउने, कला सिर्जना गर्ने वा नयाँ सीप सिक्ने । बौद्ध अर्थशास्त्रमा स्थानीय स्रोतको उपयोग गर्न उत्प्रेरित गरिन्छ । साथै समूहिक खेती, सामुहिक उत्पादनको सामूहिक उपभोग, प्राकृतिक साधनको उपयोगमा संयमताजस्ता कुराहरूलाई जोड दिँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रयास गरिन्छ । भौतिक वस्तुको अधिक उपयोगले मात्र सन्तुष्टी अधिकतम गर्न सक्दैन ।

त्यसैले खुसी प्राप्त गर्न त्याग, दान, धर्म र ध्यानमा पनि जोड दिनु पर्दछ । टाढाका ठाउँबाट स्रोतसाधनले आफ्नो इच्छा पूरा गर्नुलाई लोभको रूप र वातावरण र समुदायसँगको हाम्रो सम्बन्धलाई मिलाउन असफल भएको मान्न सकिन्छ । स्थानीय स्रोतको सङ्कलन गरेर आत्मनिर्भरताले नेपालको निराशालाई कम गर्न सक्छ । बुद्धका दर्शनलाई आधार बनाएर भुटानले कूल ग्राहस्थ्य उत्पादनको सट्टा कूल ग्राहस्थ खुसी (जिएनएच) लाई अर्थतन्त्रको आधारस्तम्भ मानेको छ । यही जीएनएचकै अवधारणाको आधारमा सन् २००५ मा मेड जोन्सले ‘कुल राष्ट्रिय कल्याण’ (जीएनडब्लू) भनेर विश्वव्यापी रूपमा सर्वेक्षण गरे । उक्त अध्ययनको आधारमा यूएनडीपीले सन् २०११ मा खुशीलाई पनि हरेक मुलुकको विकास–प्रगति मापनको आधारका रूपमा ग्रहण गराउन थाल्यो ।

राजा भुमिबोलले थाइल्याण्डको आर्थिक विकासका लागि गाउँगाउँ डुलेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बौद्ध विचारधाराको उपयोग गरे । उनले प्रतिपादन गरेको सफिसियन्सी इकोनोमीले थाइल्याण्डको आर्थिक समस्याहरूको सजिलै सामना गर्न सक्यो । यति मात्र होइन, आर्थिक विकास मार्फत् मुलुकलाई आत्मनिर्मर देशको रूपमा स्थापित पनि गरायो । हामीलाई उपभोगवादी संस्कृतिले गाँजेको छ । त्यसैले मुलुकमा उत्पादन छैन् तर, आयात बढाएर भए पनि उपभोग गर्न पछि पर्दैनौँ हामी । सुनदेखि लिएर लाखौँ पर्ने ग्याजेटहरू विदेशबाट आयात गरी उपभोग गरिरहेका छौँ । महँगो घडी, महँगो गाडी, इलेक्ट्रिक सामान आयात गर्दछौँ । मुलुकमा खर्बौँको तेल आयात हुन्छ । विश्वव्यापिकरणको नाउँमा बढ्दै गएको उच्च आयतले मुलुकका उद्योगहरू धराशायी भएका छन् । विदेशी संचितिमा चुनौति बढ्दै गएको छ । स्वदेशमा रोजगारी नहुँदा वर्षेनी ७ लाखभन्दा बढि युवाहरू विदेशिरहेका छन् । यसले देशको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्दै छ ।

विप्रेषण आयलाई उत्पादनमुलक क्षेत्रमा उपभोग गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोमा नलाग्ने हो भने उपभोगवदी संस्कारले देशको अर्थतन्त्र नै ध्वस्त हुन बेर लाग्दैन । अतः सरकारले पनि उपभोग खर्च कटौति गर्दै पूँजीगत खर्चमा जोड दिनु पर्दछ । स्थानीय साधन स्रोतको प्रयोगमा सचेत भई दीगो विकासका लागि बौद्ध अर्थशास्त्रलाई अंगिकार गर्नु पर्दछ । खासगरी किफायती ढंगले खर्च गर्दै न्यूनतम उपभोगबाट उच्चतम् सन्तुष्टि प्राप्त गर्नतर्फ ध्यान दिनुपर्दछ । फजुल रूपमा खर्च गर्ने प्रवृत्तिलाई व्यक्ति, संघसंस्था र राष्ट्र सबैले त्याग्नु आवश्यक छ । त्यसको सट्टा उपलब्ध साधन र स्रोतको उचित प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख हुने प्रयास गर्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?