© २०२३
बुटवल, १२ मंसिर ।
मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली कांग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेको छ । यस्तै बाजुरा र स्याङ्जा २ मा मतगणना सुरु भएको छैन भने दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।
बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको हो । मतदानका क्रममा भएको झडपपछि दुई जनाको मृत्यु भएपछि त्यहाँ तनाव हुँदै आएको छ ।
यस्तै स्याङ्जामा बुथ कब्जा भएको दाबीका बीच पुनः मतदान गर्ने या के गर्ने भन्नेमा आयोगले निर्णय गरिसकेको छैन ।
हालसम्म मतगणना भइरहेका ४ स्थानमध्ये उदयपुर १ मा कांग्रेसका नारायण खड्काको अग्रता छ । यस्तै धनुषा २ मा कांग्रेसकै महेन्द्र यादव तथा सुनसरी ४ मा ज्ञानेन्द्र बहादुर कार्कीको अग्रता छ । यस्तै सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी