© २०२३
दाङ, १२ मंसिर ।
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दाङमा बदर मतको संख्यामा वृद्धि भएको छ । दाङ जिल्लामा प्रतिनिधि सभा तर्फ ५.९२ प्रतिशत मत बदर भएको छ भने प्रदेश सभा तर्फ ४.७७ प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधि सभा र छ प्रदेश सभा सदस्य रहेको दाङमा मतदाता शिक्षा अपुग भएको देखिन्छ । प्रतिनिधिसभा भन्दा प्रदेशसभामा धेरै मत बदर भएको छ ।
दाङ जिल्ला क्षेत्र नम्वर १ को प्रतिनिधि सभामा जम्मा मतदाता संख्या १ लाख ३४ हजार ७ सय ३३ रहेकोमा ७८ हजार २ सय ६७ मत खसेकोमा ४ हजार ५ सय ८० मत बदर भएको थियो । प्रदेशसभा १(१) मा ७० हजार २ सय ६७ मतदाता रहेकोमा ३९ हजार ८ सय ४४ मत खसेको थियो । २ हजार ४ सय १० मत बदर भएको थियो । १(२) मा ६४ हजार ४ सय ६६ मतदाता रहेकोमा ३८ हजार ४ सय ५४ मत खसेको थियो जसमा १ हजार ७ सय ६३ मत बदर भएको थियो ।
त्यसैगरी क्षेत्र नम्वर २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता रहेकोमा ७९ हजार ३ सय ३७ मत खसेको थियो । जसमा ४ हजार ७०६ मत बदर भएको थियो । प्रदेशसभा तर्फ २(१)मा ६३ हजार ३ सय २२ मतदाता रहेकोमा ३६ हजार ९ सय ९३ मत खसेको थियो । जसमा १ हजार ४ सय ८५ मत बदर भएको थियो । २(२) मा ७० हजार ४ सय २६ मतदाता रहेकोमा ४२ हजार १ सय ५२ मत खसेको थियो । जसमा २ हजार ३९ मत बदर भएको थियो ।
त्यसैगरी क्षेत्र नम्वर ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ९० हजार ५ सय ३५ मत खसेको थियो । जसमध्ये ५ हजार ४ सय २३ मत बदर भएको थियो । ३(१) मा ६६ हजार ४ सय ८६ मतदाता रहेकोमा ४० हजार ४ सय ७४ मत खसेको थियो । जसमा १ हजार ७ सय ७८ मत बदर भएको थियो । ३(२) मा ७९ हजार ९ सय ८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ३३ मत खसेको थियो । जसमा २ हजार २ सय ५८ मत बदर भएको थियो ।
त्यसैगरी दाङमा कुल मतदाता संख्या ४ लाख १४ हजार ९ सय ५६ मतदाता रहेकोमा प्रतिनिधि सभा तर्फ १४ हजार ७०९ मत बदर भएको छ भने प्रदेश सभामा ११ हजार ८ सय ३३ मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार कति मतपत्रमा औंठा छाप कुनैमा संघीयता चाहिंदैन जस्ता कुरा लेखिएका मतपत्र भेटिएको थियो । प्रतिनिधिसभा भन्दा धेरै प्रदेशसभाको मत बदर भएको छ । बदर मत सख्या घटाउने आयोगको उद्देश्य रहेको थियो तर त्यो पुरा हुन नसकेको देखिन्छ । नागरिकको राजनीतिप्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भएको जानकारहरु बताउछन् ।