ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

लामखुट्टेको लार्भा–प्युपा नष्ट गर्ने अभियान सञ्चालन

१९ असार २०८२, बिहीबार
१९ असार २०८२, बिहीबार

जितपुर, १९ असार ।

डेँगुको रोकथाम र नियन्त्रणका लागि कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा अभिमुखीकरणसहित लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा र प्युपा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ ।

बुधबार लौगाईमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य कार्यालय कपिलवस्तु, वडा कार्यालय र स्थानीय सरोकारवालाको टोलीले विभिन्न क्षेत्रहरूमा पुगेर डेंगु सार्ने लामखुट्टेका लार्भा तथा प्युपा नष्ट गरेका छन् ।

स्वास्थ्य कार्यालय तौलिहवाका मलेरिया इञ्चार्ज रत्नलाल शर्माको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ८ का स्वास्थ्य संस्था व्यवस्थापन समिति उपाध्यक्ष जुनादेवी थारु, कार्यपालिका सदस्य शारदा परियार, वडा सदस्यहरू विश्वास जि.सी. र शैलेन्द्र बेल्बासे, मोतिपुर स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरे, वडा सचिव गोबिन्द आचार्यसहित विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्यकर्मीहरूका अनुसार सन् २०१९ मा धरानमा डेंगुको ठूलो संक्रमण फैलिएको थियो भने कोरोना महामारीको समय केही कम देखिए पनि पछिल्ला वर्षहरूमा यसको प्रभाव पुनः तीव्र रूपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालभर ३ हजार ५ सय ३० जना व्यक्तिमा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

सन् १९७० मा विश्वका केवल ९ देशमा सीमित रहेको डेँगु संक्रमण सन् २००० सम्म आइपुग्दा यो विश्वव्यापी महामारीमा परिणत भएको छ । हाल नेपालसमेत विश्वका धेरै मुलुकमा डेँगु गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखा परेको छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेँगुको पहिचान एक विदेशीमा भएको थियो भने सन् २००६ देखि रुपन्देही, बाँकेलगायत तराईका जिल्लामा संक्रमण फैलिन थालेको पाइन्छ । पछिल्लो केही वर्षमा नेपालमा यसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ ।

हालसम्म ७६ जिल्लामा डेँगुको प्रभाव देखिएको छ भने यो रोग विशेष गरी जुनदेखि डिसेम्बरसम्म बढी सक्रिय रहने अध्ययनहरूले देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?