ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

चेम्बर अफ कमर्श रुपन्देहीले बनायो कार्ययोजना

११ मंसिर २०७९, आईतवार
११ मंसिर २०७९, आईतवार

भैरहवा, ११ मंसिर ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, सिद्धार्थनगर–९ उदयपुर, रुपन्देही) को वार्षिक कार्ययोजना बैठक–२०७९ शुक्रबार र शनिबार कपिलवस्तुको शिवराज नगरपालिका–२ स्थित चन्द्रौटामा सम्पन्न भएको छ । सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा सम्पन्न बैठकले संगठनले वार्षिक रुपमा गर्ने कार्यक्रम तय गर्नुका साथै कार्यक्रम सफल पार्न योजना बनाएको छ ।

वार्षिक कार्ययोजना बैठकले ३८ वटा कार्यक्रम गर्ने निर्णय गरेको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । जस अन्तर्गत बैठकले उद्योग व्यापार कृषि तथा पर्यटन प्रवद्र्धनका लागि अवलोकन भ्रमण, सम्बन्धित संघ–संस्था, सरकार र स्थानीय तहमा जिजी क्षेत्रको तर्फदेखि सल्लाह–सुझाव, ठूला ठूला राष्ट्रिय गौरवका आयोजनामा प्रभाव पार्ने कार्यक्रमको आयोजना, सडक खाना महोत्सव, भैरहवा मण्डपको लागि पहल, सम्पूर्ण उपसमितिको मुल्यांकन, दर्ता नविकरण (आजीवन, एसोसियट र वस्तुगत), उद्योग÷व्यापार सम्बन्धी अन्तत्र्रिmया, दर्ता नविकरण र अन्य सबै उपसमिति परिचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले संगठनको भवन निर्माणका साथै आजीवन सदस्यहरुको सहयोग रकम शिलालेखमा नाम लेख्ने, आर्थिक वृद्धि योजना ल्याउने, शिक्षासम्बन्धी छलफल, सूचना तथा सञ्चारसम्बन्धी समन्वय, नेतृत्व विकास तथा अभिमुखीकरण तालिम, पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम, व्यवस्थापकीय तथा लेखा तालिम, कर शिक्षासम्बन्धी अन्तरक्रिया, महिला उद्यमी तालिम, कृषिसम्बन्धी छलफल तथा अन्तत्र्रिmया, युवा परिचालन तथा खेलकुद कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसै गरी शुभकामना आदानप्रदान, मर्चवार, सियारी र लुम्बिनी शाखाको सम्पर्क कार्यालय व्यवस्थापन र दर्ता नविकरण, बजार अनुगमन तथा सचेतना, संघ–संस्थासँग सम्बन्ध विस्तार, स्मारिका प्रकाशन, २०८० सालको क्यालेण्डर प्रकाशन, उद्योगी–व्यवसायीको समस्याहरुको बारेमा टिपोट गरी प्रतिवेदन बुझाउने, सीमामा परेको समस्याको बारेमा सहजीकरण र होलि मिलन कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । संगठनले विभिन्न सामाजिक कार्यहरु समेत गर्ने निर्णय गरेको महासचिव सचिन रोक्काले बताए । जसअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, खुल्ला रक्तदान, वृहत नगर सरसफाई तथा सचेतना, वृक्षारोपण तथा संरक्षण, भैपरी आउने प्रकोपमा राहत संकलन र वितरणको व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गर्नका लागि जिम्मेवारी समेत बाँडफाँड गरेको संगठनका सचिव तथा प्रवक्ता लक्ष्मण भण्डारीले जानकारी दिए ।

संगठनको २०७८ कात्तिक १२ देखि १४ गतेसम्म बर्दियाको ठाकुरद्वारामा सम्पन्न वार्षिक कार्ययोजना बैठकले उपसमिति, क्षेत्रगत उपसमिति र शाखा कार्यालय गठन गरेकोमा त्यस उपसमितिलाई विस्तार गरिएको उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

बैठकले उत्पत्तिको प्रमाणपत्रका लागि संगठनका पूर्वअध्यक्ष खिम बहादुर खत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको रेग्मीले जानकारी दिए । बैठकमा संगठनका कोषाध्यक्ष राममिलन यादवले आर्थिक वर्ष २०७९÷०८० को अनुमानित आय–व्यय विवरण तथा २०७९÷०८० अन्तर्गत साउन, भदौ, असोज र कात्तिक महिनाको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा बोल्दै संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी व्यवसायीको हकहितमा संगठन निरन्तर लागिपरेको बताए । उनले संगठनले भैरहवा मण्डप निर्माण गर्नुपर्ने भन्दै निरन्तर आवाज उठाइरहेको बताए । संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले स्वदेशी बजारको प्रबद्र्धन गर्न सीमा नाकामा कडाइ गर्नुपर्ने बताए । उनले चर्को बैंक ब्याजदरका कारण उद्योगी व्यवसायी मर्कामा परेकाले यसकाविरुद्ध संघर्ष गर्नुपर्ने बताए ।

संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) उचाईमा पुगेको बताए । उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले बढ्दो बैंक ब्याजदरविरुद्ध अब राजधानी केन्द्रीत आन्दोलन गर्नुपर्ने बताए । संगठनका सल्लाहकार दीपक बहादुर कुंवरले उद्योगी व्यवसायीको मन–मष्तिष्कमा संगठन बसिसकेको बताए ।

कार्यक्रममा संगठनका सल्लाहकार चन्द्रमणि अधिकारी, उषाकिरण गुरुङ, आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपाने, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, चेम्बर अफ कमर्स, रुपन्देहीका कार्यसमिति सदस्य धिरज कुमार मल्लिक, गौतम कुमार गुप्ता, कृष्ण पाण्डे, लक्ष्मी अधिकारी, लुम्बिनी शाखा अध्यक्ष कृष्ण बहादुर गुरुङ (अनिल), होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासे, संगठनका अध्यक्ष अनिल कुमार ज्ञवाली, महासचिव सचिन रोक्कालगायतले बोल्दै उद्योगी व्यवसायीको हकहितमा संगठन निरन्तर लागेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission