ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

दलित महिलाको नेतृत्वमा जलवायु न्यायको ११ बुँदे घोषणापत्र सार्वजनिक

१६ असार २०८२, सोमबार
१६ असार २०८२, सोमबार

चन्द्रौटा(कपिलवस्तु), १५ असार ।

दलित महिला समुदायको आवाज नीतिगत तहमा पुर्याउन ११ बुँदे घोषणापत्र जारी गरिएको छ ।

कपिलवस्तुको चन्द्रौटामा एक कार्यक्रममा जलवायु परिवर्तनका असरबाट प्रत्यक्ष प्रभावित समुदायलाई नीतिगत तहमा पुर्याउन घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा संविधानअनुसार सबै नागरिकलाई स्वच्छ र स्वास्थ्य वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता, जलवायुमैत्री कृषि प्रविधिको प्रवद्र्धन, कृषि तथा जलवायु विपद व्यवस्थापनमा दलित महिलाको समावेशी सहभागिता, राहत तथा क्षतिपूर्ति कोष स्थापना, वातावरणीय शिक्षा र जानकारी पहुँचमा सुधार लगायतका विषयहरू समेटिएका छन् ।

अभियानकर्ता मिना परियारले नीति निर्माणमा दलित महिलाहरूको आवाज समावेश नगरी जलवायु न्याय सम्भव नरहेको बताइन् । “स्थानीय सरकारका नीति तथा कार्यक्रममा हाम्रो सहभागिता अपरिहार्य छ,“ उनले भनिन् । त्यसैगरी प्राकृतिक स्रोत महिला अधिकार सञ्जालकी उपाध्यक्ष पार्वती नगरकोटीले दलित महिला समुदायले जलवायु परिवर्तनमा सबैभन्दा कम जिम्मेवारी हुँदाहुँदै सबैभन्दा बढी असर व्यहोर्नुपरेको बताईन् । उनले भनिन् – “हामी दोहोरो भेदभावमा परेका छौं, त्यसैले नीति निर्माणमा समान अवसर ग्यारेन्टी हुनुपर्छ ।”

डिजिएम नेपालकी कार्यक्रम अधिकृत साधना लिम्बुले जलवायु नीतिमा दलित महिला समुदायको अनुभव र आवश्यकता प्रतिबिम्बित हुनु जरूरी रहेको बताइन् । नीतिमा समावेशिता नभएसम्म दिगो समाधान सम्भव नरहेको उनको भनाई छ । लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले देश बचाउन सबैले आफूबाट सुरुवात गर्नुपर्ने बताए । उनले नीति निर्माणमा पछाडि पारिएका समुदायको सहभागिता बढाउन सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।

शनिबार भएको कार्यक्रममा दलित महिला नेतृत्वको महत्व र जलवायु संकटको सामाजिक असरबारे छलफल गरिएको थियो । आयोजकका अनुसार सुझाव, सिफारिस र धारणा संकलन गरी नीति निर्माण तहमा पुर्याउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?